२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा राइडर्सको जर्सी अनावरण

तिलोत्तमा राइडर्सको जर्सी अनावरण

तिलोत्तमा राइडर्सको जर्सी अनावरण

तिलोत्तमा राइडर्सको जर्सी अनावरण

तिलोत्तमा  राइडर्सको  जर्सी अनावरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • तिलोत्तमा । हालै गठन भएको तिलोत्तमा राइडर्सले जर्सी अनावरण  (लन्च) गरेको छ ।

    शनिबार ड्राइभरटोलमा एक औपचारिक कार्यक्रमका बीच तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुन र तिलोत्तमा राइडर्सका अध्यक्ष अर्जुन गुरुङ लगायतले जर्सी लन्च गरेका हुन् ।

    सो अवसरमा तिलोत्तमा राइडर्समा आवद्ध ३२ जना संस्थापक सदस्यलाई जर्सी प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै  नगर खेलकुद विकास समिति अध्यक्ष पुनले नागरिकलाई स्वस्थ राख्न साइक्लिङ धेरै महत्वपूर्ण हुने बताए ।

    उनले तिलोत्तमा राइडर्सले गरेको काम सराहनीय रहेको भन्दै नगरभित्र हरेक विधाका खेलको विकासका लागि वजेट विनियोजन र ग्रास रुट लेभल बाटै प्रशिक्षण जरुरी रहेको बताए ।

    तिलोत्तमा राइडर्सका अध्यक्ष अर्जुन गुरुङले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारा अनुसार नगरमा तिलोत्तमा राइडर्स स्थापना गरिएको भन्दै यसलाई भविष्यमा १७ वटै वडामा विस्तारमा गर्ने लक्ष्य रहेको बताए ।

    उनले तिलोत्तमामा साइक्लिङलाई प्रवद्र्धन गर्न र नगरको पर्यटन प्रवद्र्धन गर्न हरेक वडामा साइकल राइड कार्यक्रम छिटै सञ्चालन गर्ने बताए । कार्यक्रम तिलोत्तमा राइडर्सका सचिव बरुण ज्ञवालीले सञ्चालन गरेका थिए ।

    क्लबका संस्थापक सदस्य सुवास थापाले छिटै नयां कार्यसमिति गठन गरी विधिवतरुपमा अघि बढ्ने तयारीमा रहेको बताए । जर्सी लञ्च कार्यक्रममा दुईजनाले आजीवन सदस्यता लिएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij