२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन

आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन

आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन

आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन

आज अन्तर्राष्ट्रिय भन्सार दिवस : पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाण्डौ – पछिल्ला पाँच वटा आर्थिक वर्षमध्ये जम्मा एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भन्सार राजश्वको लक्ष्य र उपलब्धीबीच ठूलो खाडल रहेको देखिएको हो ।

    आर्थिक वर्ष २०७६/७७ यता एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । २०७६/७७ मा चार खर्ब ७३ अर्ब रुपैयाँ भन्सार राजश्वको लक्ष्य लिएकोमा जम्मा तीन खर्ब पाँच अर्ब रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने चार खर्ब ४० अर्ब रुपैयाँको लक्ष्य रहेकोमा तीन अर्ब रुपैयाँ बण्ढी राजश्व सङ्कलन भएको थियो ।

    यस्तै आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको साढे ९५ प्रतिशत, २०७९/८० मा ५८ दशमलव चार प्रतिशत र आर्थिक वर्षमा २०८०/८१ मा लक्ष्यको जम्मा साढे ६७ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षको छ महिनामा पनि कुल लक्ष्यको झन्डै ८१ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ ।

    भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार प्रशासनले आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जाँचपास सहज बनाउने प्रयत्न गरेको गरेको बताए । यसबाट अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण भएर भन्सार राजश्व बढ्ने अपेक्षा रहेको उनको भनाइ छ ।

    राष्ट्रिय एकद्वार प्रणालीमा बैंक तथा वित्तीय संस्था लगायत भन्सार जाँचपाससँग सम्बन्धित निकायहरू समेत आबद्ध गरी निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) र बण्डेड वेयरहाउससम्बन्धी सम्पूर्ण कामकाजमा पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजाने पनि पुडासैनीले बताए ।

    अग्रिम यात्रु सूचना प्रणालीको माध्यमबाट यात्रुहरूको र कार्गो म्यानिफेष्टबाट मालबस्तुको पूर्व सूचना लिई जोखिम निर्धारण गर्ने, सबै भन्सार कार्यालयमा भन्सार राजस्व महसुल विद्युतीय भुक्तानी प्रणालीमार्फत मात्र भुक्तानी गर्ने, चोरी पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने पनि भन्सार विभागका महानिर्देशक पुडासैनीले उल्लेख गरेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij