२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा झुम्साको खानेपानी कहिले ?

बुटवलमा झुम्साको खानेपानी कहिले ?

बुटवलमा झुम्साको खानेपानी कहिले ?

बुटवलमा झुम्साको खानेपानी कहिले ?

बुटवलमा झुम्साको खानेपानी कहिले ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • बुटवलमा खानेपानी समस्या समाधान गर्न झुम्सा खानेपानी आयोजना शिलान्यास भएको डेढ दशक नाघ्यो । दुई वर्षयता पटक–पटक धारामा पानी खस्ने समय सीमा पनि निर्धारण हुँदै आएको छ । अहिले पनि खानेपानी आयोजना छिट्टै पूरा हुन्छ भन्न छाड्दैनन् खानेपानी संस्थानका अधिकारीहरु । तर कहिले बन्छ भन्ने टुंगो छैन ।
    देश किन बनेन् ? अहिले भइरहेको बहस यही विषयमा हो । विकास आयोजना सुरु भएपछि तोकिएकै समयसीमामा पूरा हुने विश्वास जाग्न सकेको छैन । २०६६ असारमा शिलान्यास गर्ने बेला तीन वर्षभित्र झुम्सा खानेपानी आयोजना सम्पन्न हुने घोषणा गरिएको थियो । यो घोषणा गरेको १५ वर्ष बित्दा समेत सम्पन्न हुने समयसीमाको विश्वास छैन ।  आयोजनाका अधिकारीहरु भौतिक प्रगति ९४ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत भएको जानकारी दिन्छन् । अहिलेसम्म ड्याम निर्माणको काम  सम्पन्न भएको छ । पाइपलाइन विस्तारका लागि १४ करोड २४ लाखमा ठेक्का सम्झौता भएको छ ।

    ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले तिनाउ गाउँपालिका वडा नम्बर ३ र ४ को संगमस्थल झुम्साबाट बुटवलको वडा नम्बर ३ रामफेदीसम्म पाइपलाइन विस्तार गर्दैछ ।
    मुहानदेखि केही तल र रामफेदीमा बनाउनुपर्ने ट्याङ्कीको सुरसार नै छैन । मुहान क्षेत्रमा बनाउनुपर्ने जग्गाको व्यवस्थापन हुन सकेको छैन । स्थानीय बासिन्दासँग पटक–पटक असमझदारी चुलिंदा आयोजनाको निर्माण काम प्रभावित भएको छ नै, त्योभन्दा महत्वपूर्ण आयोजना तोकिएको समयसीमामा पूरा गर्ने हाम्रो व्यवस्थापकीय क्षमता विस्तार हुन नसकेको यो एउटा उदाहरण हो । एउटा मध्यम खालको खानेपानी आयोजनाको यस्तो दुदर्शा छ भने मुलुकमा अरु के हुन्छ भन्ने समाजमा स्थापित मनोविज्ञानलाई तोड्न अब छिटो यो आयोजना सम्पन्न गर्न सम्बद्ध निकायको ध्यान जानुपर्छ ।


    बुटवलमा ३ करोड लिटर खानेपानीको माग छ । तिनाउ नदीबाट पम्पिङ गरेर दैनिक ९० लाख लिटर र अन्य स्रोतबाट १ करोड ९० लाख लिटर खानेपानी वितरण गर्दै आएको छ ।  झुम्सा खानेपानी आयोजना पूरा भए बुटवलवासीलाई पर्याप्त खानेपानी वितरण गर्न संभव छ । बिजुलीको प्रयोग गरी पम्पिङ गर्नुपर्ने बाध्यता पनि हट्ने निश्चित छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij