२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्याब्सन लुम्बिनी प्रदेश अध्यक्षमा लालहरि विजयी

प्याब्सन लुम्बिनी प्रदेश अध्यक्षमा लालहरि विजयी

प्याब्सन लुम्बिनी प्रदेश अध्यक्षमा लालहरि विजयी

प्याब्सन लुम्बिनी प्रदेश अध्यक्षमा लालहरि विजयी

प्याब्सन लुम्बिनी  प्रदेश अध्यक्षमा  लालहरि विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशन अन्तर्गत बुधबार भएको मतदानमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डेले २१७ मत पाएर विजयी हुंदा पौडेलले १३७ मत पाएका निर्वाचन समितिका संयोजक गोबिन्दप्रसाद मरासिनीले जानकारी दिए । 
    यस्तै वरिष्ठ उपाध्यक्षमा धनराज चापागाई २११ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी केशव सापकोटाले १४४ मत पाए ।  सचिवमा कृष्णप्रसाद शर्मा १८७ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी यम रावतले १७१ मत पाए । दुई उपाध्यक्ष  पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य तथा कोषाध्यक्षमा महेश भुर्तेल र सहसचिवमा राजेन्द्रकुमार  आचार्य निर्विरोध निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली,उपेन्द्र गुप्ता,पूर्णबहादुर थापाराजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका  निर्वाचन समितिका संयोजक मरासिनीले जानकारी दिए । प्याब्सन लुम्बिनीमा करिब ५ सय विद्यालय आवद्ध छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij