२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजन १६७ रनले विजयी

न्यू होराइजन १६७ रनले विजयी

न्यू होराइजन १६७ रनले विजयी

न्यू होराइजन १६७ रनले विजयी

न्यू होराइजन १६७ रनले विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • भैरहवा, । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लबले फराकिलो जित निकालेको छ । प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा उसले सैनामैना क्रिकेट क्लबमाथि १ सय ६७ रनको जित निकाल्यो ।


    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित ३७ ओभरमा ३४ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १२ रनको बलियो योगफल बनायो । उसका लागि निश्चल ज्ञवालीले ९८, आरिफ खानले २८, विप्रसन केसीले १७ र सहिन खानले १६ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेल र ऋदम सुवेदीले ३–३, ईश्वर क्षेत्रीले २ तथा गोपाल शर्मा र प्रदीप सुवेदीले १–१ विकेट लिए ।


    जवाफी ब्याटिङ गरेको सैनामैना १३ ओभर १ बलमा सबै विकेट गुमाएर ४५ रनमै समेटियो र लज्जास्पद हार व्यहोर्यो । उसका लागि महेश रानाले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले फराकिलो अन्तरमा हार व्यहोर्यो । बलिङमा न्यू होराइजनका प्रिन्स पालले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । यस्तै, महेश भरले ३, सहिन खान, निर्मल गुरुङ र विप्रसन केसीले समान १–१ विकेट लिए । खेलमा निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।


    रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
    यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij