२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा नेपाल

त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा नेपाल

त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा नेपाल

त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा नेपाल

त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा नेपाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • बुटवल।  महिला त्रिदेशीय  शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन्। घरेलु मैदानमा नेपालले दोस्रो पटक टी २० आई शृंखला खेल्न लागेको हो। यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टी२० आई सिरिज खेलेको थियो।

    सिरिजमा नेपाल र नेदरल्यान्ड्सका साथै थाइल्यान्ड्सको सहभागिता छ। महिला टी २० आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं‌ नेदरल्यान्ड्स १६औं स्थानमा छ । शृंखलामा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन्। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

    नेपाली टिममा अलिसाकुमारी यादव तथा मनिषा उपाध्यायको राष्ट्रिय टिममा डेब्यु भएको छ। मनिषा भर्खरै सकिएको महिला प्रधानमन्त्री कपको शीर्ष विकेटकर्ता रहेकी थिइन्।

    नेपालको प्लेइङ ११मा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, इश्वरी बिष्ट र सिता राना मगर रहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij