२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेदरल्यान्ड्सविरुद्ध नेपाल २० रनले पराजित

नेदरल्यान्ड्सविरुद्ध नेपाल २० रनले पराजित

नेदरल्यान्ड्सविरुद्ध नेपाल २० रनले पराजित

नेदरल्यान्ड्सविरुद्ध नेपाल २० रनले पराजित

नेदरल्यान्ड्सविरुद्ध नेपाल २० रनले पराजित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं । त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल २० रनले पराजित भएको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

    नेपालकी ओपनर सीता रानामगरले सर्वाधिक २८ रन बनाइन् । यस्तै, कविता जोशीले २७ रन बनाउँदा पूजा महतोले १४ बलमा दुई चौका र दुई छक्कासहित २४ रन थपिन् । रूविना क्षेत्रीले ११ रन जोडिन् ।


    नेदरल्यान्ड्सकी कारोलिन डे लिंगे र इभा लिन्चले समान दुई विकेट लिए । इरिस ज्विलिङ र फ्यांकी ओभरडाइकले एक–एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।

    नेदरल्यान्ड्सकी राविन रिकेले सर्वाधिक ५९ रन बनाए । अविजित रहेकी रेकीले ४८ बलमा आठ चौका प्रहार गरिन् ।हिथर सिगर्सले १९ बलमा एक चौका र एक छक्कासहित २३ रन बनाइन् । ओपनर स्टेरे कालिसले २९ रन थपिन् । इरिस ज्विलिङले १३ बलमा पाँच चौकासहित ३१ रन जोडिन् ।

    नेपालकी कविता कुवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिए ।ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीचको यो पहिलो खेल हो ।नेपालले अब शनिबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

    बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डको सहभागिता छ । प्रतियोगिताका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका निम्ति दर्शकहरूलाई निःशुल्क प्रवेश गराउने जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij