२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जिल्लास्तरीय अन्तर विद्यालय प्रथम सेभेन ए साईड फुटबलको उपाधि जनज्योतिलाई

जिल्लास्तरीय अन्तर विद्यालय प्रथम सेभेन ए साईड फुटबलको उपाधि जनज्योतिलाई

जिल्लास्तरीय अन्तर विद्यालय प्रथम सेभेन ए साईड फुटबलको उपाधि जनज्योतिलाई

जिल्लास्तरीय अन्तर विद्यालय प्रथम सेभेन ए साईड फुटबलको उपाधि जनज्योतिलाई

जिल्लास्तरीय अन्तर विद्यालय प्रथम  सेभेन ए साईड फुटबलको उपाधि जनज्योतिलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा सञ्चालित जिल्लास्तरीय अन्तर विद्यालय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि तिलोत्तमाको जनज्योति मावि डिंगरनगरले जितेको छ । बुटवल पब्लिक स्कूलको आयोजनामा तिलोत्तमा– ११ बेलडांडास्थित विद्यालयको आफ्नै खेल मैदानमा सम्पन्न फाइनलमा क्यानन् मावि बुटवललाई २–० गोलले पराजित गर्दै जनज्योतिले उपाधि जितेको हो । प्रतियोगितामा रुपन्देहीका सामुदायिक  र संस्थागत गरी १० विद्यालयले भाग लिएका थिए । 
      क्यानन्का राजन दगाल उत्कृष्ट खेलाडी घोषित भए भने सर्वाधिक गोलकर्ता बुटवल पब्लिकका समीप रजाली र उत्कृष्ट गोलरक्षक जनज्योति माविका आर्यन विक भए । प्रतियोगिताको विजेताले १५ हजार ५ रुपैयां र दोस्रोले १० हजार ५ रुपैयां तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीले २ हजार ५ रुपैयांका दरले पुरस्कार,ट्रफी र प्रमाणपत्र पाए ।  विजयी टिम र खेलाडीलाई प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसाल र पुस्तक तथा स्टेशनरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल बस्यालले पुरस्कार प्रदान गरे । 
    सो अवसरमा बोल्दै प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले विद्यार्थीको खेल प्रतिभा प्रस्फुटन, खेलाडी उत्पादन र फुटबल खेलको विकासमा विद्यालयस्तरीय प्रतियोगिताको ठूलो महत्व हुने बताए । उनले बुटवल पब्लिक स्कूलले करोडौं लगानी गरेर आफ्नै सुविधासम्पन्न खेल मैदान र रिसर्च सेन्टर निर्माण गरेर नमूना काम गरेको भन्दै सराहना गरे । 
    विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसालले १५ करोड लगानीमा विद्यालयले आफ्नै क्रिकेट र फुटबलको खेल मैदान, स्विमिङ पूल सहित ग्रीन हाउस समेत बनाएर खेलकुद गतिविधि सञ्चालन गरिरहेको बताए । विद्यालयका सहप्राचार्य रामचन्द्र पौडेलले सामुदायिक र संस्थागत विद्यालयबीच आपसी सम्बन्ध प्रगाढ बनाउने तथा विद्यालय तहबाटै खेलाडी उत्पादनको उद्देश्य सहित बुटवल पब्लिक स्कूलले निकट भविष्यमै विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij