२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाउन्न करोडको सुन्तला बिक्री

बाउन्न करोडको सुन्तला बिक्री

बाउन्न करोडको सुन्तला बिक्री

बाउन्न करोडको सुन्तला बिक्री

बाउन्न करोडको सुन्तला बिक्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • बुटवल । यस वर्ष पाल्पाबाट ५२ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको छ । जिल्लाका छ पालिकाका किसानले यस वर्ष ५२ करोडभन्दा बढीका सुन्तला बिक्री  गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । 

    गत वर्ष ४६ करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरेका किसानले यस वर्ष ५२ करोड ७६ लाखको सुन्तला बिक्री  गरेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्र र उत्पादन पनि बढेकाले किसानले गत वर्षभन्दा बढी आम्दानी गरेको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए । 

    यस वर्ष जिल्लाभर एक हजार १३० हेक्टर क्षेत्रफलमा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । जबकि गत वर्ष एक हजार ११५ हेक्टर क्षेत्रफलमा आठ हजार ८६१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । 

    जिल्लाका छ पालिकामा व्यावसायिक रूपमा सुन्तला खेती हुने गरेको छ । यस वर्ष पाल्पाका किसानले बोटमै प्रतिकिलो ५२ रुपियाँ मूल्य पाएको कृषि प्राविधिक बताउँछन् । सुन्तलाका दाना साना भए पनि बोटमा फल धेरै लागेको र सुन्तलाका दाना रसिला र गुलिया रहेको किसानको दाबी छ । 

    यस वर्ष रैनादेवी छहरामा ४५२, रिब्दीकोटमा ३९६, बगनासकालीमा ११३, पूर्वखोलामा ९०, तानसेनमा ६८ र माथागढीमा ११ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको थियो । जिल्लाका रैनादेवी छहरा, रिब्दीकोट र बगनासकालीमा व्यावसायिक रूपमा सुन्तला खेती गर्ने किसानको सङ्ख्या बढी छ । 

    त्यस क्षेत्रका किसानले वार्षिक प्रतिव्यक्ति दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको रैनादेवी छहरा–४, सुन्तलाबासका किसान नित्यानन्द पोखरेलले बताए । रैनादेवी छहरामा एक सयदेखि सात सयसम्म सुन्तलाका बोट लगाई त्यसबाट हरेक वर्ष प्रतिफल लिने किसान रहेको उनले जानकारी दिए । 

    पछिल्लो समय यहाँका किसानलाई सुन्तलाको बजार खोज्नसमेत समस्या छैन । सुन्तला खोजी गरेर सुन्तला खरिद गर्ने व्यापारी घरमै आउने गरेका छन् । 

    यस वर्ष राम्रो भाउ पाउने आसमा अहिले पनि कतिपय किसानले सुन्तला बोटमै राखेका छन् । किसानले बोटबाटै प्रतिकिलो ७० देखि ९० रुपियाँमा सुन्तला बिक्री  गरिरहेको सुन्तला किसान टीकाराम पोखरेलले बताए । पाल्पाको सुन्तला, तानसेन, बुटवल, भैरहवा, नवलपरासी, पोखरा, चितवनलगायतका क्षेत्रमा बिक्री  हुने गरेको छ । गाेरखापत्रमा खबर छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij