बुटवल । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।
हिजो भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड छन् ।
प्रतियोगितामा भोलि नेपाल र थाइल्याण्ड, पर्सि नेदरल्यान्ड्स र नेपाल, माघ २१ गते थाइल्याण्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्याण्ड र नेपालबीच खेल हुनेछ । यस्तै माघ २३ गते नेपाल र नेदरल्यान्ड्स, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्याण्ड तथा माघ २५ गते नेपाल र थाइल्याण्ड खेल्नेछन् ।
लिग चरणको अंक तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।




