२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बढ्दो सार्वजनिक ऋण घटाऊ

बढ्दो सार्वजनिक ऋण घटाऊ

बढ्दो सार्वजनिक ऋण घटाऊ

बढ्दो सार्वजनिक ऋण घटाऊ

बढ्दो सार्वजनिक ऋण घटाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • नेपालको सार्वजनिक ऋण वृद्धिको दर बढ्दै गएको छ । २०६३ सालमा ३.५ खर्ब रहेको सार्वजनिक ऋण पछिल्लो १८ वर्षमा ७ गुणाले बढेको छ । पछिल्लो तथ्याङ्Þकअनुसार नेपालको कुल सार्वजनिक ऋण २५.३ खर्ब पुगेको छ । जुन कुल गार्हस्थ उत्पादनको ४४.१४ प्रतिशत  हो । अहिले नेपालको कुल गार्हस्थ उत्पादन रु ५७ खर्ब रहेको अनुमान छ । आन्तरिक ऋण रु. १२.६ खर्ब छ भने वैदेशिक ऋण रु. १२.७ खर्ब रहेको छ । सार्वजनिक ऋण सबै देशको हुन्छ, सबैले लिन्छन् नै, तर मुख्य सवाल ऋण लिएर सरकारले कुन क्षेत्रमा खर्च गर्छ भन्ने हो । ऋण लिएर उत्पादनशील क्षेत्र र विकास निर्माणमा खर्च गर्दा त्यसले भविष्यमा मुलुकलाई फाइदा नै हुन्छ, तर नेपालको हकमा सार्वजनिक ऋणको ठूलो भाग चालु खर्चमै खर्च हुने गरेको छ । यो निकै ठूलो चिन्ताको विषय हो । 
    नेपालको पछिल्लो बजेटअनुसार कुल १८.६ खर्बको बजेटमा चालु खर्च ६१ प्रतिशत,वित्तीय व्यवस्थापन (पहिला लिएको ऋणको ब्याज) मा २० प्रतिशत र पुँजीगत खर्चमा सबैभन्दा कम जम्मा १९ प्रतिशत रहेको छ । कुनै पनि विकासोन्मुख देशले आर्थिक प्रगति गर्न पुँजीगत खर्च बढाउन अत्यावश्यक हुन्छ, तर नेपालको बजेट अधिकांश चालु खर्च र वित्तीय व्यवस्थापनमा खर्च हुनु दुर्भाग्य हो । नेपालको विकास हुने हो भने बजेटको ठुलो भाग पुँजीगत बजेटमा खर्च हुनुपर्छ ।

    चालु खर्च अत्याधिक हुनुमा प्रदेश सरकारहरुको ठूलो भूमिका रहेको छ । लगभग वार्षिक ३ खर्बको बजेट हुने प्रदेश सरकारहरुले भौतिक निर्माण, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउनुको साटो दलहरुलाई भाग पु¥याउन जम्बो मन्त्रिमण्डल बनाउने, मुख्यमन्त्री र मन्त्रीका सचिवालयहरु पनि कार्यकर्ता भर्ती केन्द्र बनाउने र  प्रभावकारीहीन संघ, संस्था र शीर्षकमा बजेट खर्च गर्ने गरेका छन् ।  


    संघीयताको कार्यान्वयनका कारण बढेको खर्च, बजेटको ६०–६५ प्रतिशत चालु खर्चमा जानु, सरकारका महत्वाकांक्षी विकास योजनाहरू र सीमित राजस्व संकलनका कारण आन्तरिक र विदेशी ऋणमा निर्भरता बढेको छ । थप ऋणबाट सञ्चालन हुने धेरैजसो विकास परियोजनाहरू समयमा पूरा नहुनु, व्यापक भ्रष्टाचार र प्रशासनिक कमजोरीका कारण लागत वृद्धि र कम प्रतिफल हुने गरेको छ जसले गर्दा ऋणको भार बढ्दो छ । अहिले प्रत्येक नेपालीको टाउकोमा ऋणको भार ८५ हजार रुपैयाँ पुगेको छ । प्रशासनिक र चालु खर्चमा मात्र ऋण लिएको पैसा खर्च हुने हो भने ऋणको भार भविष्यमा अझैँ बढ्ने पक्का छ ।  


    समयमै सरकारले समाधानको उपायहरु नअपनाए भविष्यमा अझ गहिरो आर्थिक संकट आउने छ । आर्थिक संकट आउन नदिन वित्तीय अनुशासन कायम गरी चालु खर्च बजेटको ६१ प्रतिशत व्यापक रूपमा कटौती गर्नु अपरिहार्य छ । केहि वर्ष पहिला डा. डिल्लीराज खनाल नेतृत्वको आयोगले देशको चालु खर्च वार्षिक ३–३.५ खर्बसम्म घटाउन सकिन्छ भन्ने अनुमान गरेको थियो । उक्त प्रतिवेदनमा संघीय-प्रदेश मन्त्रालयको संख्या घटाउने, दर्जनौं समिति÷परिषद्हरु जुन राजनीतिक दलको कार्यकर्ता भर्ती केन्द्र भएको छन् त्यस्तालाई पूर्णरूपले बन्द गर्ने आदि जस्ता प्रशासनिक खर्च घटाउने उपायहरु समावेश छन् । तर उक्त प्रतिवेदन कार्यान्वयनमा कसैको चासो छैन । राजनीतिक इच्छाशक्ति, इमानदारी र नैतिकताको अभावले सार्वजनिक ऋण घटाउने र समाधान अपनाउने उपायहरु अवलम्बन नगरेको अवस्थालाई अन्त्य गर्न सरकार गम्भीर बन्न जरूरी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij