२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राजस्व संकलनमा सुधार

राजस्व संकलनमा सुधार

गत आर्थिक वर्षको पौष महिनामा संकलित राजस्वसँग तुलना गर्दा यो वर्ष १३.४९ प्रतिशतले वृद्धि भएको छ ।

राजस्व संकलनमा सुधार

राजस्व संकलनमा सुधार

गत आर्थिक वर्षको पौष महिनामा संकलित राजस्वसँग तुलना गर्दा यो वर्ष १३.४९ प्रतिशतले वृद्धि भएको छ ।

राजस्व संकलनमा सुधार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • भैरहवा 
    आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार आएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१-०८२ को ६ महिनामा (साउनदेखि पौषसम्म) लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन गरेको छ ।
    कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले पौष महिनामा विभागले दिएको १ अर्ब २३ करोड लक्ष्यमा १ अर्ब ३ करोड संकलन गरेको बताए । 


    यो लक्ष्यको ८४.४९ प्रतिशत हो ।  प्रमुख पोख्रेलका अनुसार यो गत आवको पौष महिनामा संकतिल राजस्वसँग तुलना गर्दा १३.४९ प्रतिशतले वृद्धि हो । 


    यसैगरी, चालु आर्थिक वर्षको पौष महिनासम्मको लागि ६ अर्ब ३३ करोड संकलनको लक्ष्य राखेकोमा ५ अर्ब ५४ करोड अर्थात् लक्ष्यको ८७.४३ प्रतिशत प्रतिशत संकलन भएको पोख्रेलले जानकारी दिए । 
    पोख्रेलले गत वर्षको सोही अवधिमा संकलित राजस्व ४ अर्व ७७ करोडको तुलनामा १६ प्रतिशतले वृद्धि भएको बताए । 


    कार्यालयले चालु आर्थिक वर्ष २०८१-०८२ को पहिलो ६ महिनामा आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख र अन्तःशुल्कबापत ३ अर्ब ७३ करोड संकलन गरेको छ ।


    अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मू.अ.कर बीजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, नियमित बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण र अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व संकलनमा वृद्धि देखिएको उनी बताउँछन् ।


    साथै कार्यलयका अनुसार कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको, तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिएर आर्थिक वर्ष २०७८-०७९ र २०७९-०८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा गर्ने जनाएको छ  । 


    सो बमोजिम आय विवरण र सो मा लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनु पर्ने छैन । 


    आय विवरण बुझाउन बाँकी करदातालाई कार्यालयले विशेष छुटको व्यवस्था पनि गरेको कार्यलयले जनाएको छ । कार्यलयले  स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेको करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा गर्ने जनाएको छ ।

     
    यसैगरी २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने, मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी व्याज मिनाहा गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवा जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij