२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । आगामी शनिवार हुने पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिता २०८१ को ट्रफी अनावरण गरिएको छ ।नेकपा (एमाले) रिब्दिकोट पाल्पा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजना हुन लागेको पालिका स्तरीय इन्डोर क्रिकेट प्रतियोगिताको बिहीबार काठमाडौँमा एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले ट्रफी अनावरण गरेका थिए ।

    सो अवसरमा प्रतिनिधि सभा सदस्य गैरेले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकाससँगै समाजमा उत्साह र जागरण ल्याउने बताए । उनले खेलको मर्यादालाई आत्मसात् गरेर कार्यक्रमलाई सफल बनाउनेमा आफू आशावादी रहेको बताए ।

    “खेलकुदले व्यक्तिको शारीरिक मात्रै नभएर मानसिक विकाससँगै समाजमा उत्साह र जागरण ल्याउँछ ।” प्रतिनिधि सभा सदस्य गैरेले भने, “खेलको मर्यादालाई आत्मसात् गरेर कार्यक्रमलाई सफल बनाउनुहुन्छ भन्नेमा म आशावादी छु ।”

    सो अवसरमा नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चका इन्चार्ज रामहरि शाही समुन्द्रीले ट्रफी देख्दा तामा, पित्तल लगायतका पदार्थहरूले बनेको भए पनि यो सम्मानको एउटा बिम्ब रहेको बताए ।

    मञ्चको आयोजनामा आगामी शनिवार अर्थात् माघ १९ ललितपुरको हात्तिवन स्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा ८ टोली सहभागी हुने एमाले रिब्दिकोट पाल्पा–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष कमल प्रसाद पाण्डेले जानकारी गराए ।

    उनका अनुसार विजेता टोलीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले नगद ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । खेलमा ‘म्यान अफ द म्याच’ हुनेलाई एक दिनको चन्द्रागिरि हिल्सको टिकटसँगै प्याकेजको व्यवस्था गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij