२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवललाई शैक्षिक हब बनाउन न्यू होराइजनको भूमिका अग्रणी छ : मुख्यमन्त्री आचार्य

बुटवललाई शैक्षिक हब बनाउन न्यू होराइजनको भूमिका अग्रणी छ : मुख्यमन्त्री आचार्य

‘विद्यालय तहदेखि उच्च शिक्षाका लागि बुटवल छाडेर अन्यत्र जानुपर्ने अवस्था छैन’

बुटवललाई शैक्षिक हब बनाउन न्यू होराइजनको भूमिका अग्रणी छ : मुख्यमन्त्री आचार्य

बुटवललाई शैक्षिक हब बनाउन न्यू होराइजनको भूमिका अग्रणी छ : मुख्यमन्त्री आचार्य

‘विद्यालय तहदेखि उच्च शिक्षाका लागि बुटवल छाडेर अन्यत्र जानुपर्ने अवस्था छैन’

बुटवललाई शैक्षिक हब बनाउन न्यू होराइजनको भूमिका अग्रणी छ :  मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालय तहदेखि उच्च शिक्षाका लागि बुटवल छाडेर अन्यत्र जानुपर्ने अवस्था नभएको बताएका छन । न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव समारोहका शुक्रबार उदघाटन गर्दै आचार्यले बुटवल गुणस्तरीय शिक्षा हबको रुपमा विकास भएको बताउँदै उनले त्यको प्रमुख श्रेय न्यू होराइजनलाई जाने बताए । ‘शिक्षाको लागि काठमाडौं धाइरहन  पर्दैन’ आचार्यले भने, ‘विद्यालय तहदेखि उच्च शिक्षामा  रुपन्देही अब्बल बनिसकेको छ । देशको शैक्षिक विकासमा न्यू होराइजन जस्ता शैक्षिक संस्थाको अतुलनीय योगदान छ ।’ 

    शिक्षामा सरकारले आमूल परिवर्तन गर्न खोजे पनि एक्लै अघि बढन सक्ने अवस्था नभएको मुख्यमन्त्रीले आचार्यको भनाइ छ । सबै क्षेत्रमा श्रेष्ठता हासिल गर्नका लागि विदेश जाने सपना त्याग गर्न पनि विद्यार्थीहरुलाई आग्रह गरे । ‘म विद्यार्थीहरूलाई भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैन’ उनले भने, ’आफ्नै देशको भूमिमा अवसरहरूको सृजना गर्न, नवप्रवर्तनका क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरू छन् । देशलाई तपाईंहरूको योगदानको खाँचो छ ।’ देशको शैक्षिक विकासमा होराइजनको अतुलनीय भूमिका रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको समेत बताए । प्रदेश सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने स्पष्ट पारे ।


    कार्यक्रममा विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू मुलुकको विकासका लागि विद्यार्थीलाई गुणस्तरीय शिक्षा अपरिहार्य छ रहेको बताउदै  त्यहीँ तथ्यमा टेकेर २०४६ सालमा बुटवलमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले न्यू होराइजन स्थापना गरिएको बताए । गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजामा निजी  विद्यालयहरु सामुदायिक भन्दा धेरै माथि रहेपनि राज्यले निजी विद्यालयलाई विभेद र सौतेलो व्यवहार गरेको अध्यक्ष कसजूले गुनासो गरे । सरकारले निजी विद्यालयलाई सकारात्मक दृष्टिले नहेरेको गुनासो गर्दै स्पष्ट र दीर्घकालीन शिक्षा निती नबनाई कहिले कम्पनी एेन, कहिले गुठी र कहिले के भनेर अन्योलता सिर्जना गरेको बताए ।

    निजी विद्यालयले विद्यालय तहमा   ६ देखि ८ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाइरहेको तर निजी विद्यालयबाट १२ कक्षा उत्तिर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्धयनमा पाइने छात्रवृत्तिबाट वन्चित गरिनु अन्यायपूर्ण भएकाले दिनुपर्ने माग गरे । विद्यालयका प्राचार्य  लोकनाथ उपाध्ययले  होराइजनको बुटवलस्थित मूल संस्था सहित सबै भगिनी संस्थामा समेत ११ हजार विद्यार्थी र ७ सय शिक्षक कर्मचारी कार्यरत रहेको जानकारी दिए । उनले राज्यले निजी विद्यालयलाई सौतेलो व्यवहार गरेको भन्दै  सकारात्मक दृष्टिले हेर्न आग्रह गरे ।

    प्राचार्य उपाध्यायले न्यू होराइजनले समयको माग अनुसार विभिन्न प्राविधिक विषयहरुको स्नातकोत्तर तहको कक्षा सञ्चालनको योजना एक दशक अघिदेखि बनाएको भएपनि  सरकारी नीति वाधक हुंदा गर्न नपाएको गुनासो गरे । 

    7216c24f-7345-4b60-a638-cd4c56a3fea1.jpg

    विद्यालयबाट २०५६ सालमा एसएलसी बोर्ड फस्ट भएका पुर्व विद्यार्थी तथा ह्यामस अस्पतालका न्युरोलोजिस्ट  डा. मनोज बोहराले न्यू होराइजनको गुणस्तरीय शिक्षाका कारण आफूले स्वदेश र विदेशमा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न पाएको बताए । आफू ७ वर्ष जापानमा बसेपनि देशको मायाले ठूलो सम्भावना छाडेर नेपाल आएको बताए ।  

    सो अवसरमा विद्यालय स्थापनाकालदेखि सेवारत प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यहरु  बालकृष्ण भण्डारी, बासुदेव अर्याल, विष्णुप्रसाद बस्याल, राजीव श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष बिमलबहादुर शाक्यलाई सम्मान गरिएको थियो ।

     न्यू होराइजनबाट २०५६ मा मनोज बोहरा र २०५८ मा  विशाल ज्ञवाली बोर्ड फस्ट भएका थिए भने  एसईईमा सुम्निमा श्रेष्ठले जिपिए ४ ल्याएकी थिइन् ।  विद्यालयले खेल र अतिरिक्त क्रियाकलापमा पनि ठूलो लगानी गरेर खेलाडी उत्पादन गर्दै आएको छ ।

    एन्फा टेन्किलन सेन्टर देवीनगरमा  २५ लाख लागतमा स्मार्ट शौचालय निर्माण गरिरहेको छ । तीन दिनसम्म चलेको वार्षिकउत्सव अवसरमा विद्यालयले विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गरेको व्यवस्थापन संकाय संयोजक प्रकाश खनालले बताए ।  कार्यक्रमको सञ्चालन शिक्षकहरु हरिप्रसाद पौडेल, कल्पना कुशुम, प्रकाश गौतमले गरेका थिए । सो अवसमा विद्यार्थीहरुले स्काउट मार्च पास, गीत र नृत्य प्रस्तुत गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij