२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पामीर एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पामीर एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पामीर एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पामीर एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पामीर एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • तिलोत्तमा ।  रुपन्देहीको तिलोत्तमा–२ शंकरनगरस्थित पामीर इन्टरनेशनल एकेडेमीकोे १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    शुक्रबार आयोजित मूल समारोहमा बोल्ने वक्ताहरुले सर्वसुलभ, प्रविधिमैत्री तथा जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन ।

    वक्ताहरुले पामीर इन्टरनेशनल एकेडेमीले शैक्षिक क्षेत्रमा गरेको प्रगति साच्चिकै लोभलाग्दो रहेको भन्दै अहिलेको पुस्तालाई परम्परागत शैलीले ज्ञान नपुग्ने औल्याएका छन ।

    विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा न २ का अध्यक्ष डिलबहादुर भटटराईले शिक्षा नितिलाई कस्तो र कसरी अगाडी अगाढी बढाउने भन्ने कुरा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको हातमा रहने बताए । उनले परम्परागत भन्दा पनि आधुनिक शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने भन्दै त्यसमा पामीर एकेडेमी शत प्रतिशत सफल देखिएको प्रष्ट पारे ।

    कार्यक्रममा विद्यालयका अध्यक्ष मोहन चापागाईंले अध्यक्षको प्रतिबेदन पेश गर्दै उच्च कोटीको शिक्षा प्रदान गर्न विद्यालयले नयाँ नौला र परिणाममुखी अभ्यासहरु गरिरहेको जानकारी दिए । उनले सँस्थागत विद्यालयहरुको माझमा पामीर इन्टरनेशनल एकेडेमी आफैमा नमुना विद्यालयको रुपमा स्थापित भएको बताए।

    विद्यालयका प्रधानाध्यापक गोपाल गौतमले विधालयको वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा अक्षयकोषदाता रामबाबु खढ्का, विद्यालयमा कार्यरत तथा ५ बर्षभन्दा बढी समय ब्यतित गरेका शिक्षक, शिक्षिका र कर्मचारी सँगै उत्कृष्ट अँक ल्याउने विद्यार्थीहरु, समाजसेवीहरु, जनप्रतिनिधी लगायतलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा अभिभावक सँघ रुपन्देहीका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, वडा सदस्यहरु डोर बहादुर थापा, खेमराज पाठक, पुर्णकला विक, नेपाल रेडडक्रस शाखा मणिग्राम सभापति टेक बहादुर थापा, टोल विकास समिति तथा सन्जालका अध्यक्षहरु, आमा समुहका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न क्लवका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, प्रहसन, नाटक तथा गीत सँगीतमा प्रस्तुति दिएका थिए ।

    विद्यालयका प्राचार्य गोपाल गौतमले स्वागत मन्तब्य राखेको कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक केशव खनालले गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij