२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्द कलेजद्वारा सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण

मणिमुकुन्द कलेजद्वारा सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण

मणिमुकुन्द कलेजद्वारा सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण

मणिमुकुन्द कलेजद्वारा सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण

मणिमुकुन्द कलेजद्वारा  सामुदायिक विद्यालयमा  न्यानो कपडा वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • बुटवल । बुटवलको  मणिमुकुन्द कलेज र कलेजका विद्यार्थीहरुले संयुक्तरुपमा सामुदायिक विद्यालयका विद्यार्थीर शिक्षकलाई न्यानो कपडा वितरण गरेका छन् ।

    उनीहरुले पाल्पाको तिनाउ गाउंपालिका वडा नं २ नुवाकोटस्थित रुपा प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक शिक्षिकालाई विद्यालयमै पुगेर ट्रयाकसुट सेट,कापी र कलम वितरण गरेका हुन् ।  

    सो अवसरमा बोल्दै मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाको भावनाले  कलेजका कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीले खाजा खर्चबाट बचाएको रकमबाट राहतस्वरुप सामुदायिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको बताए ।

    71366c04-98a3-4b7a-ab5e-ad3ed8332022.jpg

    संस्थाले विद्यार्थीको सर्वाङगीण विकासका लागि शैक्षिक गुणस्तर अभिबृद्धिसंगै सामाजिक क्रियाकलाप, खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अघि बढेको सहप्राचार्य दिवाकर खनालले बताए । 

    संस्थाका सञ्चालक समिति सदस्य उमापति न्यौपानेले कलेजले यसअघि पनि नवलपरासीको सुस्ता लगायतका ठाउंमा पुगेर राहत वितरण गरेको बताए । रुपा प्राथमिक विद्यालयका पुर्व अध्यक्ष जुद्धबहादुर थापा, प्रधानाध्यापक प्रेमकुमार पौड्यालले विद्यालयमा अधिकांश विपन्न परिवारका विद्यार्थीले पढ्ने भएकाले यस्ता राहतले उनीहरुलाई पढाईमा हौसला मिल्ने बताए । 

    कार्यक्रममा कलेजका व्यवस्थापन संयोजक पशुपति चौधरी, बीबीएस संयोजक दिनेश पाण्डे लगायतले बोल्दै मणिमुकुन्दका विद्यार्थीको सामाजिक र परोपकारी कार्यले  छुट्टै आनन्द मिलेको भन्दै भविष्यमा पनि विद्यार्थीहरुसंग मिलेर संस्थाले आवश्यक ठाउंमा सहयोग गर्ने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij