गजेन्द्र गुप्ता
डिजिटल मिडियाहरु खोल्यो की महाकुम्भ मेलाका अकर्षक सार्ट भिडियो तथा रिलहरु छपछप्ती भेटन पाईन्छ ।केही दिन अगाडी म पनि फेसबुकको रिलमा यस्तै अकर्षक सामाग्रीहरु हेरे । मलाई महाकुम्भको बारेमा थाहा थियो तर यो कहाँ किहले आयोजना हुँदैछ थाहा थिएन । म थप रिल तथा युट्यूबका सामाग्रीहरु हेर्दै गए । विभिन्न किसिमका योगी, साधु, साधवी तथा सन्यासीहरुका कुराहरुले मनलाई झन झनै महाकुम्भ प्रतिको अकर्षण बढउदै गयो । यी योगीका कुरा ठिक साँचो हुन वा होईन्न भनेर शिव सम्प्रदायका शकराचार्यहरु तथा बैष्णो सम्प्रदायका गुरुहरुको प्रवचन पनि सुने र सबैबाट महाकुम्भको महिमामा को गुणगान भयो ।अङ्गुत्तर निकाय ३.१५अप्पन्नक सुत्तमा बुद्धले बाह्य स्नान (नदीमा स्नान) बाट होइन, कर्म र आचरणको शुद्धताबाट वास्तविक पवित्रता प्राप्त हुन्छ भन्ने कुरा सिकाउनुभएको छ ।त्यस्तै (सुत्तनिपात २.७) स्नातक सुत्तमा बुद्धले भन्नु भएको छकि सत्य, अहिंसा, संयम, र चित्तको शुद्धिले मात्र वास्तविक स्नान (शुद्धि) सम्भव हुन्छ, न कि बाह्य रूपमा गंगाजलमा स्नान गरेर।तेसै गरी (सुत्तनिपात ६२८-६३०)उदक सुत्तमाबुद्धले स्पष्ट रूपमा भन्नु भएको छ"उदकेन सोच्चति बालो, न सोच्चति समं मति" अर्थात (बालकहरूले पानीले शुद्धि खोज्छन्, तर बुद्धिमानहरूले नैतिक जीवनमार्फत साँचो शुद्धि प्राप्त गर्छन्।)निष्कर्षमा भन्ने हो भनेमहाकुम्भ स्नान जस्ता अनुष्ठानहरू वैदिक परम्परामा रहेको भए पनि, बुद्धले यस्तो बाहिरी स्नानलाई आत्मिक मुक्तिका लागि अपर्याप्त बताउनुभएको थियो। उहाँका अनुसार, वास्तविकरुपमा"शुद्धि" केवल नैतिक आचरण, प्रज्ञा, र ध्यानमार्फत सम्भव छ।
म बौद्ध धर्म दर्शनको विद्यार्थीका हिसियतले सोच्दा महाकुम्भ स्नानको कुनै महत्व भएको भेटाइन तर पनि विभिन्न थरीका हठयोगीहररु, नागा, अघोरी आदी वैदिक परम्पराका साधु सन्यासी लगाएतका पूर्ण आत्माहरुको दर्शनले थप केही कुरा सिक्न पाईन्छ साथै वैदिक परम्परामा उल्लेख भए अनुसार महाकुम्भ स्नानको पुण्य पनि अर्जन गर्न सकिन्छ भन्ने उद्देश्यले महाकुम्भ नगरी प्रयागराजस्नानको दृष्टीले महत्वपूर्ण मानिने१४ जनवरी, २०२५मकरसक्रान्तीको दिनजाने निधो गरे । यत्रा सहजताका लागि रेलको कन्फर्म टिकेट खोजे तर पाईएन । साथी भाईहरु सँग साधन रिजर्व गरेर जानु पर्छ सोचे तर पनि मेसो मिलेन अर्थात त्यो दिन जान पाईएन ।मैले महाकुम्भको बारेमा सोसल मिडियमा आएका समाग्रीहरु यति हरेकि सोसल मिडिया खाल्दा नै महाकुम्भमेलाका अकर्षक सामाग्री बाहेक अरु आउन नै छोडदियो । धेरै समय तेही सामाग्रीहरु नै हेर्न थाले । एक दिन उत्तरमा रहेको ज्योतिषपीठको जगदगुरु शंकराचार्य स्वामी अविमुक्तेश्वरानंद सरस्वातीजी महाराजको महाकुम्भ मेलाकोबारेमा प्रवचन सुन्दा उहाँले महाकुम्भ मेलाको सबै भन्दा उत्तम स्नान गर्ने तिथि मौनी अमवस्या २९ जनवरी, २०२५ रहेको कुरा सुने र मैले यो दिन जसरी भएपनि जानु पर्छ मनमनै सोची मेरो पत्नीलाई सुनाए ।पत्नीले पनि जाने ईच्छा व्यक्त गरिन र हामी दुबै जाने सल्लाह भयो ।
मैले यात्रा सहजताको लागि उत्तर प्रदेशका मुख्यमन्त्रीको अभिब्यक्ति पनि सुन्दै आएको थिए र उहाँको एकदिनको अभिव्यक्तिमा उहाँले भन्नु भएको थियो कि "मौनी अमवस्याको दिन मैले ५ करोड व्यक्तिको स्नानको अनुमान गरेको छु तर १० करोड व्यक्तिको स्नानको व्यवस्था गरेको छु"। मैले ABP युट्युबच्यनलमा त्यहाँको ACDP ट्राफिककुलदीपका अनुसार विभिन्न स्थानहरुमा गाडी पार्किङ्गको लाग पार्क बनाईएको र पार्कबाट जम्म ६ किमी पैदल हिड्नु पर्ने सुचना प्राप्त गरे ।साथै मेरै विश्वविद्यालयका एकजना त्यहाँ पुगेको सरसँग सल्लाह गर्दा जाँदा राम्रो हुने राय पाए । मैले जाने बाहनको बारेमा भारतमा रहेको एक जना मित्रलाई सोधे उहाँले सोधेको एक घण्टा पछि ३० किमी पैदल हिड्नु पर्ने भएकोले नजानुस भनेर भन्नु भयो ।त्यस पछि परायगराजमा नै घर भएको एकजना प्रोफसर मित्रलाइ फोन गरे उहाँले आउनुस म सबै बस्ने खाने व्यवस्था गर्छु भन्नु भयो ।
मैले विभिन्न अधिकारीक स्रोतबाट प्राप्त जानकारी र प्रयागराजमा नै घर भएको साथी भएपछि जाने मात्र दुख हो, पुगेपछि त सबै ठिक हुन्छ सोचेर हामी पति पत्नी २८ जनवारी २०२५ कै दिन हिँडियो । दुबैले गोरखपुरमा बस पाइएन भने घर फर्कने सल्लाह गरेका थियौ तर गोरखपुर सहजै बस दिउँसो १: ३० बजे पाइयो। राती ९:३० सम्म प्रयागराज पुगिन्छ भनेरदुबै जना खुशी भईएयो । तर ठिक उल्टो, बाटोमा गाडीको जामले गर्दा हामी भोली विहान २९ जनवरी विहान ८: ०० बजे मात्र पुग्यो ।गाडीमा हामी सल्लाह गरेका थियो स्नान पश्चात हामी बनारस तिर प्रस्थान गरी त्यही बास बस्ने । बाटोमा मान्छेको भिड देखेर त दँगै पर्यो तर पनि रमैलो मान्दै कुम्भक्षेत्र प्रवेशद्धारमा पुग्यो । त्यहाँको भिड देखेर भित्र प्रवेश गर्न सकिदैन भनेर सोच्यो तर यो भिड कम हुन्छ कि हुँदैन भनेर फेरी भिड भित्र प्रवेश गर्यो । मान्छेको खुट्टा टेक्ने वाहेक केही ठाउँ थिएन ।
एक फन्को समेत घुम्न सकिदैन्थ्यो ।साँस फर्ने समेत ग्रहो भयो । फेरी भिडबाट बाहिर निसकियो । बाहिर निस्कने मान्छेको भिडले बाहिर पनि बस्न निकै कठिन भयो । त्यहाँ खटिएको प्रहरी सित सोधे यति भिडमा कसरी जान सकिन्छ स्नानघाटमा ? विस्तारै विस्तारै जानुस भन्यो । उसको कुरा उचित लाग्यो र फेरी भिडमा प्रवेश गरिएयो । हिँड्दै जाँदा एक जना महिला आँखा अगाडि विहोस भईन ।एक जना १५ वा १६ वर्षकी नानी मलाई रिगिटा आइरहेको जस्तो महसुस भईरहेको के भनिन कि विहोस भईन । मलाई पनि रिगिटा जस्ता भइरहेको मेरी पत्नीको अनुहारको मुद्रा पनि साह्रै दुखित दिखिन्थ्यो । विहोस भईन्छ कि भनेर भिडबाट बाहिर निस्कन खोजे तर सकिएना । जसरी तसरी प्रवेशद्वार भित्र प्रवेश गरियो । मेरो हातको घडी खस्यो तर उठाउन सिकएन । विस्तारै विस्तारै हिँडदै जाँदा घाट नजिक पुगियो । घाटमा राम्रा राम्रा जुता चप्पल सर समान देखे र मेरी पत्नीलाई सोधे किन यति राम्रा राम्रा समानहरु फालिए होलन ? तब सम्म मलाई त्यहाँको घटनाको बारेमा थाहा थिएन ।पछि घटनाको बारेमा थाहा पाउँदा त भागदौडमा मानिसले छोडेका सर समानहरु पो रहेको महशुस भयो ।स्नान घाट सम्म पुग्दा हामी हिँडन नसकेन गरी थाकियो । जसरी तेसरी स्नान गरियो ।
स्नान पश्चात घाटबाट निस्कने क्रममा त्याहाँको सुरक्षा व्यवस्थाले छिटो भन्दा छिटो अ-आफ्नो गन्तब्यमा लाग्न माईकिङ्ग गर्दै थियो । पैदल हिँड्दाको थकाई र सुरक्षा नोटिस सुनेर हामी साधु सन्यासीहरुको दर्शन गर्न उचित नसम्झी बाहिर निस्कियो । त्यहाँको मेला व्यवस्थापन समितले बनाएको मार्गमा हिड्न गाह्रो भएर वस्ती भएको गाँउको मार्गबाट हिँडियो ।घर घरमा मान्छेहरु पसल थपेका थिए । सबैको खाने पिउने समानको खुब बिक्री हुँदै थियो ।कोही कोहीले बाटोमा पानी र विस्कुट पुण्य आर्जन गर्ने उद्देश्यले खुवाँदै थिए । कतै कतै खिचडी, पुडी सब्जी पनि बाँड्दै थियो । हामी घर छिटी पर्कनु पर्छ भन्ने उद्देश्यले मेला बाहिर निस्कियो । मेला बाहिर सड्कमा गाडी चलेको थिएन तै पनि मान्छेको जाम थियो । विस्तारै विस्तारै बस पार्क तिर प्रस्थान गरियो । भोक लाग्यो बाटोमा धेरै जसो घर भएको मान्छेहरुको पसल थियो । एक ठाउँमा खाना खान बसियो । भात र तरकारी राटी । भात पनि राम्रो थिएन । तरकारी आलुको मात्र थियो । मैले पसले सँग सोधे काउली आलु भन्दा पनि सस्तो छ, किन तरकारीमा न मिसाएको ? उसले उत्तरमा पाइन भन्यो । अर्थात खाने चिज बिज पनि केही गुणस्तरीय थिएन ।
बस पार्क पुगियो । गोरखपुर जाने बस खोजे। खाली कुनै पनि बस थिएन । कहाँ यो बस जन्छ न त ड्राइभर भन्थ्यो न त कन्डक्टरले । रेलवे स्टेशन जाने सोँचे । एक जना युवा सँग सोधे रेलेवे स्टेशन कता छ । युवाले भन्यो नजानुस बन्द छ रे । मेरो कन्फरम टिकेट हो तै पनि जान सकिएन । केही बिकल्प लागेन घर तिर निस्कने । होटल पनि पाईएन । सरकारले गरेको टेन्ट भित्र त टेक्ने ठाँउ थिएन बस्ने त कुरै छाडौ ।त्यसमा हामी प्रदेशी त्यहाँको नियम कानुन पनि राम्रा सँग नजनेको । राती बाहिर अकाश मुनी बस्न बाध्य भईयो । भोली विहान पनि बस पाउने छाँट काँट देखिएन । हामी मेलामा खटेका अधिकारीहरुको क्याम्प बाहिर बसिरहेका थियौँ । खोरखपुर पुग्ने एउट परिवार भेटियो ।उहाँहरु सँग सम्बाद शुरु भयो र उहाँहरु हामी सँगै तपाईहरु पनि हिँड्नुस भन्नु भयो । हामी हुन्छ भन्यो । एक जना ले १.५ किमी हिँडेमा बस पाईन्छ भन्नु भयो । सबै जना जान तयार भयो । हामी दुई र उहाँहरु १४ गरी १६ जनाको समुह भयो । तर त्यहाँ पनि बस पाइन । पुलिस सँग सोधे उसले ५/ ७ किमी हिडेपछि पाउन सकिन्छ भन्यो तर त्यहाँ पनि पाईन । बाटोमा भएका साधानहरु जाममा थिए ।गाडी रिजर्व गर्न कोसिस गरियो तर त्यो पनि पाईएन । हामी हिँड्दै गयो हाईवेमा पनि जामले हाईवेको बाटो पनि हिँड्न कठिन भयो ।हामी फेरी गाउँको बाटोबाट हिड्ने विचार गर्यो । हिँड्दा हिँड्दा सबैलाई ग्राह्रो भयो ।एक जनाको घरको पेटीमा बस्न अनुरोध गर्यो । उहाँले हुन्छ भन्नु भयो । मोबाईल चार्ज गर्न अनुरोध गर्यो उहाँले सहर्ष स्वीकार गर्नु भयो ।उहाँले बडो श्रद्धाले पानी सोध्नु भयो । हामी हुन्छ भन्यो । उहाँले दुध चिया पनि पकाई दिनु भयो । उहाँले प्रसाद पनि वितरण गर्नु हुँदो रहेछ । हामी प्रसाद पनि ग्रहण गर्यो । उहाँले बासको लागि पनि अनुरोध गर्नु भयो । हामी मध्ये केहीले बस्ने र केहीले नबस्ने भन्नु भयो । हामी सबै फेरी हिँड्ने निश्चय गरी त्यहाँ बाट प्रस्थान गर्यो ।विहान ११: ३० देखि राती १२: ३० सम्मको २८ किमी लामो हिँडाई पछि बल्ल हामी सोहसों बाट गोरखपुरको बस पाइयो ।
माथि उल्लेख गरेको प्रसँगको निष्कर्षमा भन्नु पर्दा महाकुम्भ मेलामा डिजिटल डिजिटल प्रविधिको उदय यसरी भयो कि थाहा नपाएका मानिसहरुमा पनि महाकुम्भ मेलामा घुम्ने ईच्छा प्रबल भएर आयो ।मानिसले हुन सक्ने जोखिमको पनि विचार नगरिकन स्नान गर्न यात्ना बनायो । यो महाकुम्भ मेलाले त्यहाँको धार्मिक पर्यटनलाई यति माथि पुरयो कि यातायात, बास, गाँस कपास लगायतका अन्य थुप्रै व्यवसायहरु निकै फस्टाउने भयो । मेलामा बस, ट्रेन र हवाईमार्ग पनि निकै व्यस्त भयो । सरकारलाई मान्छेलाई छिटो भन्दा छिटो अ-आफ्नो गन्तब्य तिर लाग्न आव्हान गर्नु पर्यो । यो भन्दा अगाडि पनि आयोध्यामा प्रभु श्रीरामको प्राण प्रतिस्ठामा पनि डिजिटल मिडियमा यसरी अकर्षाक सामाग्रीहरु आए कि विश्वभरिका मानिसहरु माझ आयोध्याको प्रचार प्रसार भयो । लाखौँ श्रद्धालुको भ्रमण भयो । यो महाकुम्भले आज सम्माको सबै रेकार्डहरु तोडेयो ।प्रयागराज पस्ने सबै रोड, रेल तथा हावाई यातायातमा प्रतिबन्ध गर्नु पर्ने आवस्थाको सिर्जना भयो ।साथै मानिसहरु जति पनि कठिनाइको सामना गरेको खबर आएपनि कुम्भतिर जानेको ईच्छामा खासै कमी आएको देखिदैन ।महाकुम्भ मेलाको अध्यत्मिक गरिमा जति भएपनि यसको प्रचार प्रसारमा डिजिटल प्रविधिको धेरै नै योगदान रहेको सहजै देख्न पाईयो ।यसको प्रत्यक्ष असर पर्यटन प्रर्वद्धन मार्फत व्यवसाय मार्फत अर्थव्यवस्थामा परेको देखिन्छ ।
अब केही नेपालको प्रसँगलाई जोडौँ । हाम्रो देश नेपालमा पनि वैदिक प्रम्पराको थुप्रै मठ मन्दिरहरु रहेका छन । महाकुम्भ जस्तै अर्धमहाकुम्भको रुपमा चितवन स्थित देवघट धामलाई मानिन्छ तर खोई त्यसको प्रचास प्रसार ? उत्तर छैन हामी सँग । हाम्रा डिजिटल मिडियाहरुको कबरेज भित्र निकै नै कम परेको देखन सकिन्छ ।हाम्रा नदी नाला पनि कति सुन्दर छन । तर लखौ श्रद्धालुको उपस्थति गराउन सकिएन ।हामीले हाम्रा तिर्थस्थलको गरिमा तथा मिहमालाई भारत सम्म पनि पुर्याउन सकेनौ । किन कि भारत नै वैदिक परम्परा मान्ने बाहुल्य जनसंख्या भएको देश हो । हाम्रा धर्म गुरु तथा राज नेताहरुको ती स्थलहरुको गरिमा बताउने एउटा पनि भिडियो सार्वजनिक भएको देखिएन । हामी सँग पशुपति जानकीमाताको जन्मस्थान जनकपुर, मुक्तिनाथ, बुद्ध जन्मस्थाल लुम्बिनी, स्वर्गद्वारी, पथिभरा माताको मन्दीर, हलेशी महादेव लगायत थुप्रै आध्यात्मिक स्थालहरु छन् । हालै, अमेरिकाको प्रतिष्ठित पत्रिका 'न्यूयोर्क टाइम्स' ले सन् २०२५ का लागि विश्वका मुख्य १० गन्तव्यहरूको सूचीमा लुम्बिनीलाई नवौँ स्थानमा समावेश गरेको छ। लुम्बिनीलाई विश्व शान्ति केन्द्र र बुद्धको जन्मस्थलका रूपमा सम्मान गर्दै यो सूचीमा राखिएको हो ।हामीलाई लुम्बिनीको प्रचार प्रसार गर्न यसले झनै सहज बनाएको छ । हाम्रा नेता पत्रकार सोसलमिडियाहरुले विश्वभरी नै लुम्बिनीमा विश्वभरीका बौद्ध मार्गीलाइ आउन बाध्य बनाउनु पर्ने देखिन्छ। मित्र राष्ट्र भारतको आध्यात्मिक साईटको जसरी डिजिटल मिडियाहरुमा प्रचार प्रासार गरिएको छ । हामी सबै नेपालको पर्यटन क्षेत्रको विकास गर्ने नेपालीहरुले आध्यात्मिक पर्यटनको विकासका लागि सोसल मिडियाको रिल, यूट्यूब, टिकटक जस्ता टुलहरु वृहतरुपमा प्रयोग गर्न नितान्त आवश्यक देखिन्छ । हाम्रो देशको पर्यटन यसरी सुस्त भएको छ कि लाखौको लागानी पनि धारासाही हने अवस्थामा रहेको सहजै अनुमान गर्न सकिन्छ । यसार्थ आध्यात्मिक व्यवसायमा डिजिटल प्रविधिको उदय र विकास मार्फत देशको अर्थव्यवस्थालाई उकास्ने निकै महत्वपूर्ण सावित हुने भएकोले यस तर्फ ध्यान दिन सबै देश विकास गर्ने नेपालीहरुलाई आवश्यक रहेको दिखिन्छ ।
लेखक गजेन्द्र गुप्ता, लुम्बिनी बौद्ध विश्विविद्यालयका सहाप्रध्यापक हुन् । Gajendragupta48@gmail.com




