२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अझै २८ लाख लाइसेन्स छाप्न बाँकी, प्रिन्ट गर्न नयाँ मेसिन किन्दै विभाग

अझै २८ लाख लाइसेन्स छाप्न बाँकी, प्रिन्ट गर्न नयाँ मेसिन किन्दै विभाग

अझै २८ लाख लाइसेन्स छाप्न बाँकी, प्रिन्ट गर्न नयाँ मेसिन किन्दै विभाग

अझै २८ लाख लाइसेन्स छाप्न बाँकी, प्रिन्ट गर्न नयाँ मेसिन किन्दै विभाग

अझै २८ लाख लाइसेन्स छाप्न बाँकी, प्रिन्ट गर्न नयाँ मेसिन किन्दै विभाग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । यातायात व्यवस्था विभागमा छाप्न बाँकी स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को संख्या झन्डै २८ लाख पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विभागले स्मार्ट लाइसेन्स छाप्दै आएको छ ।

    विभागसँग हाल लाइसेन्स छाप्न एउटामात्रै प्रिन्टिङ मेसिन छ । यस मेसिनबाट दैनिक करिब चारहजार लाइसेन्स छाप्न सक्ने विभागले जनाएको छ ।

    दैनिक नयाँ छाप्नुपर्ने लाइसेन्सको संख्या पनि हजारको संख्यामा हुँदा एकै मेसिनले २८ लाख लाइसेन्स छाप्न ढिलाइ हुने भएपछि विभागले अर्काे मेसिन पनि किन्न खोजको छ । बजेटमा व्यवस्था भए पनि हालसम्म नयाँ मेसिन खरिद गर्ने प्रक्रिया भने अघि बढेको छैन ।

    अर्कातिर प्रदेश सरकारहरूलाई नै संवैधानिक अधिकार भएकाले उनीहरूले लाइसेन्स प्रिन्ट गर्ने तयारी गरिरहेका छन् । प्रदेश सरकारले छाप्न थाले पनि पहिलेदेखि बाँकी रहेका लाइसेन्स भने आफैँ छाप्ने विभागको तयारी छ ।

    कोसी प्रदेशले हाल क्यूआरसहितको लाइसेन्स छाप्दै आएको छ । वाग्मती प्रदेशले डिजिटलसँगै प्रिन्ट पनि गर्न थालेको छ । यस्तै, गण्डकीले पनि छाप्ने तयारी गरिसकेको छ ।

    “प्रदेश सरकारहरूले लाइसेन्स छाप्न थालेका छन् । तर, पुरानो २८ लाख चाहिँ विभागले नै छाप्ने कि भनेर नयाँ मेसिन पनि किन्ने भन्ने छ,” विभागका सूचना अधिकारी गणेशमानसिंह राईले भने । मेसिन किन्न टेन्डर प्रक्रिया भने अघि बढिनसकेको उनले बताए ।

    सरकारले हाल नागरिक एपमा देखिने लाइसेन्सलाई पनि मान्यता दिइसकेको छ । लाइसेन्ससँगै नागरिक एपबाटै ट्राफिक नियम उल्लंघन भएमा जरिवाना पनि तिर्न सकिन्छ ।

    विभागले दैनिकरूपमा अत्यावश्यक कार्डहरू पनि छाप्दै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij