२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रित्तिदो पहाडलाई अवसरमा बदल्ने बेला

रित्तिदो पहाडलाई अवसरमा बदल्ने बेला

रित्तिदो पहाडलाई अवसरमा बदल्ने बेला

रित्तिदो पहाडलाई अवसरमा बदल्ने बेला

रित्तिदो पहाडलाई अवसरमा बदल्ने बेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • बसाई सरेर हिंड्दा अहिले मध्यपहाड रित्तिंदै गएको छ । गाउँ जाँदा रमाउनेहरु अहिले पहिलेझैँ पाउँदैनन् । गाउँमा युवा छैनन् । पैसा कमाएकाहरु  छाड्दै जाँदा गाउँमा आम्दानी नहुनेहरु मात्रै बस्न बाध्य छन् । जति बसेका छन्, उनीहरुलाई पनि आफन्त र छिमेकीले छाड्दै जाँदा गाउँ निरश र उराठ लाग्न थालेको छ ।


    के मध्यपहाडको गाउँमा संभावना नै नभएको हो ? कतिपय गाउँमा खानेपानीको मुहान सुकेर पिउने पानीको चर्को समस्या छ । तर गाउँमा पहिलेभन्दा अहिले विकास पूर्वाधार पुगेको छ । सडक, स्वास्थ्य चौकी, विद्यालय भवनलगायतका पूर्वाधार गाउँमा राम्रो छ । विकासको आधारभूत जग बस्दै जाँदा गाउँमा मान्छे छैनन् । जतिबेला मान्छे थिए, विकास पुगेको थिएन् । अहिले विकास पुगेको छ, मान्छे छैनन् । बढ्दो वैदेशिक रोजगारी र त्यसबाट भएको आम्दानीले गाउँबाट बसाई सर्न बाध्य बनायो । वैदेशिक रोजगारीबाट गरेको आयआर्जनलाई उत्पादनमूलक काममा लगानी गर्नुको साटो तराईमा एउटा घडेरी किन्ने र घर बनाउनमै व्यक्तिको जीवनभरको कमाइ सकिएको छ । छोराछोरीको लालनपालन र शिक्षादिक्षामा पनि चर्को खर्च हुँदा वैदेशिक रोजगारीबाट प्राप्त आम्दानी उत्पादनमूलक काममा लगानी हुन सकेन् ।


    गाउँ बसाईसराइले रित्तिंदै जाँदा बाँझिएका खेतबारीलाई एकीकृत गरी ठूला कृषि फर्म खोल्न सकिन्छ । हरेक पालिकाले पालिकाभित्रको बाँझिएको जग्गाको लगत निकालेर जग्गा एकीकृत गरी कृषि फर्मलाई लिजमा दिने व्यवस्था मिलाउने हो भने गाउँमा लगानी भित्रिन सक्छ । फलफूल, जडीबुटी र अन्य रैथाने उत्पादनका लागि पहाडमा धेरै संभावना छ । जग्गा एकीकृत हुन सक्दा ठूला कृषि फर्मले जग्गा किन्न समेत सक्छन्, त्यस्तो संभावना नभएको अवस्थामा लिजमा दिने व्यवस्था मिलाएर पहाडमा अवसर श्रृजना गर्न सकिन्छ । यातायात सञ्जाल पुगेकोले उत्पादन भएको वस्तुलाई बजार पु¥याउन समस्या छैन । स्वदेशदेखि विदेशसम्मको बजारमा नेपाली बस्तुको माग छ ।


    पाल्पाको रिब्दिकोट गाउँपालिकाबाट यो वर्ष ६ करोडको अकबरे खुर्सानी बजार पुग्यो । बजारको माग धान्न अझैँ उत्पादन गर्नुपर्ने छ । यो वर्षको दसैँ–तिहारमा बुटवलमा मुस्ताङ र जुम्लाको स्याउले बजार ओगट्यो, जसले भारतीय स्याउलाई केही समय विस्थापित ग¥यो । मुस्ताङ र जुम्लामा स्याउ फर्म हेरेका यहाँका फलफूल व्यवसायीहरुले  आगामी वर्ष नेपाली स्याउले केही महिना भारतीय स्याउको आयात प्रतिस्थापन गर्ने अनुमान लगाइरहेका छन् । रोल्पामा व्यवसायिक टिमुर खेती विस्तार भइरहेको छ । यहाँको टिमुर युरोपेली मुलुकहरुमा माग बढ्न थालेको छ । गुल्मी,पाल्पा, अर्घाखाँचीलगायत मध्यपहाडका विभिन्न जिल्लामा टिमुर खेती प्रशस्तै गर्न सकिने संभावना छ । अब ठूलो परिमाणमा खेतीमा लगानी गर्न व्यवसायीहरु अग्रसर भइरहेका बेला मध्यपहाडमा कृषिको औद्योगिकरणको संभावना प्रचुर छ ।


    पहाड संभावनाको खानी हो । अहिले भइरहेको बसाईसराइलाई रोक्ने अवसर पनि हो कृषिमा लगानी । ठूला फर्म खुल्ने बित्तिकै पहाडमा रोजगारीको श्रृजना हुन्छ । बसाईसराइले समस्या भयो भनेर निराश हुने नभई समस्यालाई अवसरको रूपमा उपयोग गर्न ढिला नगरौँ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij