२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस-एमाले सहमति

कांग्रेस-एमाले सहमति

कांग्रेस-एमाले सहमति

कांग्रेस-एमाले सहमति

कांग्रेस-एमाले सहमति
बुधवार, आषाढ २० २०८१
बुधवार, आषाढ २० २०८१
  • प्रमुख दुई दल कांग्रेस-एमालेबीच संविधान संशोधन गर्ने गरी सत्ता साझेदारी गरेर अघि बढ्ने सहमति भएको छ । मुख्य दुई दलबीचको सहकार्यले मुलुकमा राजनैतिक स्थिरता कायम गर्न सघाउ पुग्ने विश्वास गरिएको छ । संविधान निर्माणको बेला मिलेर अघि बढेका यी दुई दल कार्यान्वयनका बेला पनि मिल्छन् भन्ने विश्वास थियो, तर कार्यान्वयनका बेला नमिल्दा राजनैतिक अस्थिरता छताछुल्ल हुँदा समाजमा चरम निराशा देखियो । संविधानमा भएका कतिपय त्रुटिले अस्थिरता देखिएको भन्दै पुनरावलोकन गर्न अरु दललाई पनि साथै लिएर अघि बढ्ने गरी मुख्य दुई दलबीच सहमति हुनुलाई सकारात्मक मान्नुपर्छ ।


    अहिलेको निर्वाचन प्रणाली हुँदासम्म  कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्था रहेकोले निर्वाचन प्रणाली सुधारका लागि कांग्रेस-एमाले सहमत छन् । समानुपातिक प्रतिनिधित्वलाई राष्ट्रिय सभामा सुनिश्चित गर्ने, राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने, पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनेलगायतका विषयले शासन प्रणालीलाई चुस्त र मितव्ययी बनाउन पहलकदमी लिनु सकारात्मक छ । मुख्य दलबीचको बेमेलले नागरिकमा चरम निराशा बढ्दै गएको असरले व्यवस्थामाथि नै प्रहार हुने जोखिम बढिरहेको बेला आशा जगाउने प्रयत्न भएको छ । संविधान संशोधनको विषय जटिल छ । कांग्रेस-एमाले मिल्दैमा हुँदैन । अरु दललाई पनि सहमत बनाउनुपर्छ । त्यसो त दलहरुबीचको सहकार्य बीचैमा तुहिने र भाडिने जोखिम उत्तिकै छ । प्रतिनिधिसभामा रहेको कांग्रेस-एमालेको संख्यामा १८ मत थप्दा दुई तिहाई पुग्छ । दुई तिहाईले संविधान संशोधन गर्न सकिन्छ । तर यो केवल संख्या पु¥याएर गर्ने विषय मात्रै होइन्, आम छलफलको विषय पनि हो । बहुसंख्यकलाई सहमत गराउन सक्दा संविधान संशोधन को विषय निष्कर्षमा पुग्छ ।


    कांग्रेस-एमालेको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने र चुनावका बेला कांग्रेस सभापति शेरबहादुर देउवा  प्रधानमन्त्री हुनेछन् । दुई मुख्य दलबीच आगामी चुनावसम्म सहमति कायम भयो भने मुलुक लयमा अघि बढ्न सक्छ । आर्थिक मन्दीको मारमा पर्दा बढेको निराशाबाट समाजलाई बाहिर ल्याउन सरकारले काम गर्न नसकिरहेको भन्ने टिप्पणी भइरहेको बेला आगामी दिनमा सरकारको प्राथमिकता आर्थिक सुधारमा हुनुपर्छ । प्रमुख दलबीच सहकार्य र प्रतिस्पर्धा हुँदा नै लोकतन्त्र बलियो हुने हो । प्रणालीलाई संस्थागत र बलियो बनाउन सहकार्यबाट संभव छ । प्रणाली बलियो भएमात्रै दलहरु जनतामाझ स्थापित हुने हुन् । त्यसपछि त प्रतिस्पर्धा त छदैछ, यो मर्मलाई बुझेर कांग्रेस—एमालेले सहकार्य गरेका हुन् भने सकारात्मक छ । र, यो सहकार्यले अवश्य नतिजा दिनेछ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij