२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीका किसानले वन्यजन्तुबाट भएको क्षतिको राहत डेढ वर्षसम्म पनि पाएनन्

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • बुटवल । गुल्मीमा वन्यजन्तुबाट क्षति भएका बालीनाली र पशुधन बापतको राहत रकम किसानले अझै पाएका छैनन् ।

    आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि डिभिजन वन कार्यालय गुल्मीका किसानले राहतका लागि दिएका निवेदन दिएका थिए । तर डेढ वर्षसम्म पनि कार्यालयले किसानलाई राहत रकम उपलब्ध नगराएको किसानले गुनासो गरेका छन् ।

    वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिका लागि प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयबाट किसानलाई क्षति बापतको राहत उपलब्ध गराउने व्यवस्था छ ।

    तर बजेटको सुनिश्चितता नभएको भन्दै मन्त्रालयले डेढ वर्षसम्म पनि राहत जिल्लामा उपलब्ध नगराएका कारण किसानलाई राहत उपलब्ध गराउन नसकिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

    डिभिजन वन कार्यालय गुल्मीमा वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिको लागि एक सय पाँच जना किसानले आवश्यक कागजातसहित कार्यालयमा निवेदन पेश गरिसकेका छन् ।

    किसानहरुले पेश गरेका निवेदनमा ४२ जनाले बालीनाली र ६३ जनाले पशुधन क्षति भएको भन्दै राहतको दाबी गरेका हुन् । तर निवेदन दिएको डेढ वर्ष हुँदा पनि राहत नपाएपछि अब राहत पाउने आशा हराउँदै गएको मदाने गाउँपालिका –४ कुसुम बस्तीका किसान लालबाहदुर घर्तीले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij