२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षालाइ सिपसँग जोड्नुपर्छ : मन्त्री तिमिल्सिना

शिक्षालाइ सिपसँग जोड्नुपर्छ : मन्त्री तिमिल्सिना

शिक्षालाइ सिपसँग जोड्नुपर्छ : मन्त्री तिमिल्सिना

शिक्षालाइ सिपसँग जोड्नुपर्छ : मन्त्री तिमिल्सिना

शिक्षालाइ सिपसँग जोड्नुपर्छ  :  मन्त्री तिमिल्सिना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । 
    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक  विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षालाइ सिपसँग जोड्नका लागि लुम्बिनी प्रदेश सरकार लागिपरेको भन्दै शिक्षाको अवसरबाट कोही पनि बञ्चित हुने अवस्था नहोस भन्नेमा आफू सचेत रहेको बताउनुभयो । 
    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडे, शिक्षा तालिम केन्द्र लुम्बिनीका  प्रमुख दिवाकर भण्डारी, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो । 
    कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देशकै उत्कृष्ट विद्यालय भएतापनि  विद्यार्थी संख्याका आधारमा दरबन्दीको अभाव रहेको भन्दै शैक्षिक गुणस्तर कायम गर्नका लागि सरकारलाई सहयोगको दायरा बढाउन आग्रह  गर्नुभयो ।  
    वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि योगदान पु¥याउने ५० जना शिक्षक कर्मचारी, १ जना सेवा निवृत शिक्षक, ७ जना समाजसेवी, १९ जना उत्कृष्ट अभिभावक र १० जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा क्रियाशिल क्लवहरु मध्ये आर्ट क्लव र स्काउट क्लवलाई सम्मान गरिएको थियो । 
    यसैगरी  विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ५६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने एस.इ.इ.मा ए प्लस ल्याउने ५६ जना र कक्षा १२ मा ए प्लस ल्याउने ३९ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।  यसैगरी वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा ११ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
    यस्तै, शान्ति नमुनाले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने  एभरेष्ट माध्यमिक विद्यालयलाई नगद रु.१२ हजार, द्वितीय स्थान प्राप्त गर्न सफल न्यू होराइजन बोर्डिङ स्कुललाई नगद रु.९ हजार, तृतीय हुने  कान्ति मा.वि.लाई नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त सुनगाभा बोर्डिङ स्कुललाइ नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल सहित पुरष्कृत गरिएको  प्रतियोगिताका संयोजक मोहन पौडयालले जानकारी दिनुभयो । 
    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई,सहायक प्रधानाध्यापक लोकनाथ कंडेल,सहायक प्रधानाध्यापक दिपेन्द्र कुमार शाक्य लगायतले आआफ्ना भनाई राखेका थिए । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले पि.टि. प्रदर्शन, परम्परागत नृत्य, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए ।
    विद्यालयमा हाल करिव ६३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने २ सय २९ जना शिक्षक कर्मचारी कार्यरत छन् । 
    यसैबीच, शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकार सञ्जु पौडेललाई पुरस्कृत गरिएको छ । स्व. फत्त बहादुर÷ देउमती काउँचा स्मृति पत्रकारिता पुरस्कारबाट पौडेललाई नगद, दोसल्ला तथा करुवा सहित पुरष्कृत गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए । 
    यसैगरी, वार्षिकोत्सवमा अवसरमा सोमबार पुस्तक प्रदशनी गरिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij