२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा सुभारम्भ भयो पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान

लुम्बिनीमा सुभारम्भ भयो पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान

लुम्बिनीमा सुभारम्भ भयो पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान

लुम्बिनीमा सुभारम्भ भयो पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान

लुम्बिनीमा सुभारम्भ भयो पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् ।

    लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालयले दाङको राप्ती गाउँपालिका स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटीयामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले खोप अभियानको शुभारम्भ गरेका हुन् ।

    मुख्यमन्त्री आचार्य सहित स्वास्थ्यमन्त्री खेमबहादुर सारुले खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरेपछी अभियान सुरु भएको छ । 

    १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीलाई लक्षित गरेर खोप लगाउन थालिएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाइने छ ।

    विद्यालय बाहिर रहेका किशोरीहरुलाइ अभियानमा सहभागी गराउन ध्यान दिन आग्रह गरे । रोग लाग्नै नदिनेगरी निरोगीता हुनेगरी स्वास्थ जीवनशैली अपनाउन आह्वान गरे ।

    ’ विद्यालयमा रहेका किशोरीहरुले खोप पाउने पूर्ण सुनिश्चित छ ।तर, विद्यालय बाहिर रहेका किशोरीहरुलाइ खोजेर अभियानमा अनिवार्य जोड्न जरुरी छ । उहाँहरु नछुट्नेगरी खोप लगाउन ध्यान दिनुपर्ने छझमुख्यमन्त्री आचार्यले भने–’लुम्बिनी प्रदेश सरकारले बार्षिक करोडौं रुपैयाँ क्यान्सरको उपचारमा सहयोग हुदै आएको छ ।’


    लुम्बिनी प्रदेशका २ लाख ९० हजार एक सय २४ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ । आवश्यक पर्ने खोप सबै सम्वन्धित खोप केन्द्रहरुमा पठाइएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देही जिल्लाका ६१ हजार २ सय ३१ किशोरीलाई खोप लगाउने लक्ष्य छ । त्यसपछी दाङ जिल्लामा ४२ हजार ६७ जना, कपिलवस्तुमा ३९ हजार पाँच सय २५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । 

    सबैभन्दा थोरै रुकुम पूर्वमा तीन हजार पाँच सय ९१ र अर्घाखाँचीमा नौं हजार तीन सय ३४ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको हो । पाल्पामा १२ हजार ५ सय ६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७ सय ९३, रोल्पामा १५ हजार ४ सय ७८, प्युडानमा १६ हजार तिन सय ३५, बर्दियामा २४ हजार ६५ जना र बाँकेमा ३४ हजार ९३ जनाले खोप लगाउने लक्ष्य राखिएको छ ।

    स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुको उपचारमा सहयोग गर्न गत बर्ष १३ करोड रुपैयाँ गरेको र क्यान्सरको उपचारकोलागि मात्रै ९ करोड खर्च भएको बताउनु भयो । प्रदेश सरकारले उपचारकोलागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । अव रोग लागेपछी मात्रै उपचार गर्ने भन्दा रोग लाग्नै नदिनेगरी ध्यान दिन आह्वान गरे ।‘नसर्ने रोगका कारण नागरिकहरु पिडित हुनुपर्ने अवस्था छ । राज्यले आफ्नो तर्फबाट गर्ने सहयोग गरिरहेको छ’उनले भने,‘अव रोग नलाग्नेगरी स्वस्थ जिवनशैली अपनाउन जरुरी छ ।’

    लुम्बिनी प्रदेशमा बार्षिक दुई हजार जना व्यक्ति क्यान्सर रोगको उपचारकोलागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेका छन् ।

    स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले दुई चरणमा खोप लगाउन थालिएको र लक्षित उमेर समुहका किशोरीहरुलाई अनिवार्य खोप अभियानमा जोडिने जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij