२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छाडा गाईवस्तु व्यवस्थापनमा साझेदारी

छाडा गाईवस्तु व्यवस्थापनमा साझेदारी

छाडा गाईवस्तु व्यवस्थापनमा साझेदारी

छाडा गाईवस्तु व्यवस्थापनमा साझेदारी

छाडा गाईवस्तु व्यवस्थापनमा साझेदारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • बुटवल उप–महानगरपालिकाले शिवनगर सामुदायिक वनमा रहेको गौशालामा ४ सय छाडा गाई व्यवस्थापन गर्दै आएको छ । पटक–पटक सडकमा छोडिएका गाईवस्तु समातेर गौशालामा राख्दै आएको उप–महानगरपालिकालाई अहिले छाडा गाईवस्तु व्यवस्थापन चुनौती बनेको छ । गौशालामा रहेका गाईको आहारा व्यवस्थापनको जटिलता एकातिर छंदैछ । सडकमा रहेका गाई गौशालामा पु¥याएको केही दिनमै उत्तिकै संख्यामा गाईवस्तु सडकमा देखिन्छन् ।


    किसानले दूध दिन छाडेपछि गाई सडकमा छाड्ने प्रवृत्तिले छाडा गाईवस्तु व्यवस्थापन जटिल बन्दै गएको छ । किसानले सडकमा छाड्ने र उप–महानगरपालिकाले गौशालामा पु¥याउने नियमित झैँ भएकोे छ । किसानका गोठका गाई सडकमा छाड्ने प्रवृत्ति कायम रहेसम्म छाडा गाईवस्तु व्यवस्थापन सहज हुन्न । अझ पछिल्ला केही महिनायता भारतबाट गाईवस्तु ल्याएर छाड्न थालेको पाइएकोले छाडागाईवस्तु व्यवस्थापन आगामी दिनमा झनै जटिल बन्ने संकेत देखिएको छ । गत भदौमा सडकमा छाडिएको साँढेको आक्रमणबाट बुटवलमा एक महिलाको ज्यान गयो । छाडा गाईवस्तुकै कारण कतिपय सवारी दुर्घटना भएका छन् । छाडागाईवस्तुले सडक असुरक्षित बनेको छ । सडकलाई सुरक्षित बनाउन छाडा गाईवस्तु व्यवस्थापन जति आवश्यक छ, छाडा छाड्ने प्रवृत्ति रोक्न उत्तिकै ध्यान दिन जरूरी छ । छाडा गाईवस्तुले खेतीपाती जोगाउन अप्ठारो भएको छ । वन्यजन्तुबाट जोगाउन बरु सजिलो मानेका किसानका लागि छाडा गाईवस्तुबाट जोगाउन सकस परेको छ ।


    किसानको गोठमा ट्याग लगाईदिने र स्थानीय तहको कृषि शाखाले रेकर्ड राख्ने परिपाटी विकास गर्दा छाडा गाईवस्तुको दीगो व्यवस्थापन हुनसक्छ । त्यसका लागि पहिले रूपन्देहीका स्थानीय तह मिलेर नमूनाको रुपमा काम अघि बढाउन सक्छन् । त्यसपछि विस्तारै यो नेटवर्क बढाउँदै लैजान सकिन्छ । कृषि सूचना प्रणाली एकीकृत ढंगले राख्नेबारे सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतासाथ अघि बढाउन पहल भइरहेको बेला छाडा गाईवस्तु व्यवस्थापनका लागि स्थानीय तह मिलेर व्यवस्थित सूचना प्रणालीको विकास गर्न सक्छन् ।


    एकीकृत सूचना प्रणालीको प्रयोग गरेर अघि बढ्दा कसले छाडेको गाई थाहा लाग्छ । कसैले सीमा पारिबाट ल्याएर छाडेको भए पनि त्यसको जानकारी पाउन सहज हुन्छ । अहिले भइरहेको व्यवस्थापनको तरिका बालुवामा पानी राखेझैँ हो । गौशालामा गाई पाल्ने काम मात्रै होइन्, स्थानीय तहको । गाई पाल्ने किसानले नै गाईवस्तुको व्यवस्थापन गर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij