२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ

सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ

सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ

सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ

सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २० २०८१
बुधवार, आषाढ २० २०८१
  • घोराही । असार महिना आधा बितिसक्दा दाङमा १३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधाको कमीसँगै यस वर्ष ढिला गरेर वर्षा हुँदा रोपाइँमा ढिलाइ भएको हो । 

    सिँचाइ सुविधा हुने ठाउँमा रोपाइ सुरु भए पनि जिल्लामा अधिकांश ठाउँमा रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा नभएको र आकाशे पानीको भरमा किसानलाई बर्षे खेती गर्नुपर्ने बाध्यताका कारण यो बर्ष रोपाइ कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    नदी र डिप बोरिङको पानीबाट सिँचाइ हुने क्षेत्रमा धान रोप्ने काम भइरहेको भए पनि अधिकांश ठाउँमा खेत बाँझै रहेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार जिल्लामा गतवर्ष असारको आधासम्म जिल्लामा करिव ३० प्रतिशत धान रोपाइँ सकिएको थियो । 

    पानी नपर्दा किसानले समयमै बीउ नै राख्न नपाउँदा रोपाइ ढिला हुन गएको कृषि अर्थविज्ञ लामिछाने बताए । राप्ती नदीको पानीले सिँचाइ हुने देउखुरी क्षेत्रमा धान रोपाइँ अन्तिम अवस्थामा पुगेको छ । 

    पर्गन्ना कुलो सिँचाइ आयोजना, अर्जुनखोला सिँचाइ आयोजना र केही भूमिगत पानीले सिँचाइ हुने क्षेत्रमा धान रोपाइ भए पनि दाङ उपत्यकातिर हुन नसकेको कृषि अर्थविज्ञ लामिछानेले बताए । उनका अनुसार देउखुरीमा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ । 

    कृषि ज्ञान केन्द्रका सूचना अधिकारी समेत रहेका लामिछानेले भने, ‘यो बर्ष पानी नपर्दा धेरै ठाउँमा खेत बाँझै रहेको छ, तर देउखुरी क्षेत्रमा भने रोपाइ भइरहेको छ ।’ जिल्लामा तरकारी तथा फलफूल खेती गर्ने किसान बढ्नका साथै प्लाटिङका कारण बर्षेनी धान खेती हुने क्षेत्रफल घट्दै गइरहेको ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछाने बताए । सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने जिल्लाका धेरै किसानलाई बाध्यता छ । 

    जिल्लामा ६५ हजार ९ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ३७ हजार तीनसय ६५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जिल्लामा ३० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको ज्ञान केन्द्रले जनाएको छ । १९ हजार ६ सय ५१ हेक्टर जमिनमा पूर्णरुपमा सिँचाइ सुविधा पुगेको छ । बाँकी ३९ हजार दुईसय ११ हेक्टर जमिनमा आंशिक सिँचाइको व्यवस्था छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij