२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै

सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै

सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै

सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै

सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • बुटवल । सर्वाधिक राशिकाे ‘शाइन रेसुंगा नेश्नल १० के रन’ प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। 


    ‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ। राष्ट्रियस्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला/पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ।

    प्रतियोगिताको पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ। खुलातर्फको महिला/पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ। एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकमसमेत हो। 

    खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २५ सय रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्।

    इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर नि:शुल्क नाम दर्ता गर्न सक्नेछन्। बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रूपमा फारम भरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

    बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुन केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ।

    प्रतियोगिता अपरेसन र ब्यवस्थापनका लागि बैंककातर्फबाट सिईओ प्रकाश पौडेल र कखराकातर्फबाट हिमबिक्रम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  

    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने उद्देश्य अनुरूप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए।

    ‘विभिन्न सामाजिक क्रियाकलापमा बैंकको भूमिका अग्रणी नै रहँदै आएको छ। राष्ट्रियस्तरको कार्यक्रममार्फत खेलकुद र समाजप्रति उत्तरदायित्व पूरा गर्ने अवसरको रूपमा यसलाई लिएका छौं,’ पत्रकार सम्मेलनमा उनले भने। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij