बुटवल । मणिमुकुन्द कलेज बुटवलले विद्यार्थीको खेल प्रतिभा प्रष्फुटनका लागि स्पोर्टस् मिट कार्यक्रम सञ्चालन गरेको छ । सोमबार कलेज प्रांगरणमा कलेजका विद्यार्थीमाझ प्राचार्य टुकबहादुर क्षेत्री, संस्थाका सञ्चालक समिति सदस्य उमापति न्यौपाने लगायतले स्पोर्टस् मिट कार्यक्रम उद्घाटन गरेका हुन् ।
स्पोर्टस् मिट उद्घाटन गर्दै प्राचार्य क्षेत्रीले खेलकुद प्रतियोगिताले विद्यार्थीलाई शारीरिक तथा मानसिकरुपमा स्वस्थ र तन्दुरुस्त राख्ने बताए । खेलकुद प्रतियागिताले विद्यार्थीमा अनुशासन र सामूहिकताको भावना विकास गराउने भन्दै क्षेत्रीले जीत हार भन्दा पनि भाग लिएर सिक्नु नै ठूलो उपलब्धी हुने बताए ।
संस्थाका सञ्चालक समिति सदस्य उमापति न्यौपानेले कलेजले विद्यार्थीको सर्वाङगीण विकासका लागि शैक्षिक गुणस्तर अभिबृद्धिसंगै खेलकुद र सामाजिक क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अघि बढेको बताए ।
कलेजका व्यवस्थापन संयोजक पशुपति चौधरीले तिलोत्तमास्थित जनज्योति क्लबको खेल मैदानमा तीन दिनसम्म चल्ने स्पोर्टस् मिटमा फुटबल,क्रिकेट,भलिबल, बास्केटबल, टेबलटेनिस, कबड्डी, दौड, हाइजम्प,लङजम्प,सटपुट थ्रो, ज्याभलिन थ्रो, चेस, म्युजिकल चेयर लगायतका प्रतियोगिता हुने जानकारी दिए ।
पहिलो दिन भएको फुटबलमा सुनिल राना नेतृत्वको कक्षा १२ बिहानी टिम २ प्रथम भएको छ भने रिज्वल पाण्डे नेतृत्वको दिवा समूह बी दोसो भएका छन् ।
पहिलो दिन सय मिटर दौड, सटपुट थ्रो,ज्याभलिन थ्रो, हाइजम्प,लङजम्प र म्युजिकल चेयरमा छात्र तथा छात्राबीच प्रतियोगिता भएका कलेजका सहप्राचार्य दिवाकर खनालले जानकारी दिए । १०० मिटर दौडमा छात्रतर्फ प्रथम राहुल खत्री , द्वितीय शुभम पाण्डे, तृतीय शक्ति चौधरी भएका छन् । छात्राहरुको १०० मिटर दौडमा प्रथम सिमोन आले , द्वितीय सरिता गाहा, तृतीय रोजिना चौधरी भएका छन् । सट पुट थ्रो छात्रतर्फ प्रथम सन्दिप कुमार पाण्डे, द्वितीय आशिष सिंह र तृतीय मोहम्मद नदिम गद्दी तथा सट पुट थ्रो छात्रामा प्रथम सरिता गाहा , द्वितीय आरुषी कार्की र तृतीय रश्मि गुरुङ्ग भएका छन् । जेभलिन थ्रो छात्रमा प्रथम सन्दिप कुमार पाण्डे, दोस्रो शेखर चौधरी र तेस्रो जिवन आले भएका छन् । जेभलिन थ्रो छात्रामा प्रथम मुना बारघारे, द्वितीय आरुषि कार्की र तृतीय छाया खनाल भएका छन् । हाइ जम्प छात्रमा प्रथम राहुल खत्री,दोस्रो बर्सात गौतम र तेस्रो सोनु जिसी भएका छन् । लङ्ग जम्प छात्रमा प्रथम राहुल खत्री, द्वितीय बर्सात गौतम र तृतीय शुभम पाण्डे तथा लङ्ग जम्प छात्रामा प्रथम मुना बारघारे, द्वितीय सरिता गाहा र तृतीय परिना खत्री भएका छन् । म्युजिकल चेयर छात्रामा प्रथम सरिता गाहा, द्वितीय परिना खत्री र तृतीय छाया खनाल भएका छन् ।




