बुटवल । मणिमुकन्द कलेजद्वारा सञ्चालित स्पोर्टस् मिट अन्तर्गत दोस्रो दिन विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । तिलोत्तस्थित जनज्योति क्लबको खेल मैदानमा मंगलबार भएको क्रिकेट प्रतियोगितामा युवराज सोनार नेतृत्वको कक्षा १२ बिहानी समूह प्रथम भएको छ । अनुज खरेल नेतृत्वको कक्षा ११ दिवा समूह दोस्रो भएको छ । यस्तै फुटबल प्रतियोगितमा सुनिल राना नेतृत्वको कक्षा १२ बिहानी समुह प्रथम र रिज्वल पाण्डे नेतृत्वको दिवा समुह द्वितीय भएको छ ।
। छात्र भलिबल प्रतियोगितामा राजन रजाली नेतृत्वको कक्षा १२ बिहानी समूह प्रथम र एल्बिन छन्त्याल नेतृत्वका कक्षा ११ बिहानी समूह दोस्रो
भएका छन् । छात्रा भलिबल प्रतियोगितामा प्राची बिष्ट नेतृत्वको दिवा समूह प्रथम र सिमोन आले नेतृत्वको बिहानी समूह द्वितीय भएका छन् ।
टेबल टेनिस सिंगल प्रतियोगितामा कक्षा ११ की निशा खवास
प्रथम र कक्षा १२ की आयुषा श्रेष्ठ द्वितीय भएका छन् । यस्तै छात्रा तर्फको टेबल टेनिस डबल्स प्रतियोगितामा कक्षा १२ का आयुषा श्रेष्ठ र प्राची
बिष्टको टोली प्रथम भएको छ । छात्र तर्फको टेबल टेनिस सिंगल प्रतियोगितामा प्रथम कक्षा ११ को जीवन पन्थी, द्वितीय कक्षा ११को अनुज गैरे, तृतीय कक्षा १२ का एरिक सापकोटा र मधु राना भएका छन् । छात्र तर्फको टेबल टेनिस डबल्स प्रतियोगितामा प्रथम कक्षा ११ का जीवन पन्थी र बिराज पराजुली,द्वितीय कक्षा ११ का अनुज गैरे र मोहमम्द जैद र तृतीय कक्षा १२ का श्रवण गौतम र सक्षम पाण्डे भएका छन् । छात्र तर्फको चेस प्रतियोगितामा प्रथम कक्षा ११ को सिर्जन क्षेत्री, द्वितीय कक्षा ११ को अनुप थापा र तृतीय कक्षा १२ को बिशाल बराई भएका छन् ।
तीन दिने स्पोर्टस् मिट बुधबार सकिने विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले बताए ।




