२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्दको स्पोर्टस् मिट समापन

मणिमुकुन्दको स्पोर्टस् मिट समापन

मणिमुकुन्दको स्पोर्टस् मिट समापन

मणिमुकुन्दको स्पोर्टस् मिट समापन

मणिमुकुन्दको स्पोर्टस् मिट समापन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • बुटवल । मणिमुकुन्द कलेज बुटवलले विद्यार्थीको खेल प्रतिभा प्रष्फुटनका लागि सञ्चालन गरेको स्पोर्टस् मिट कार्यक्रम सम्पन्न भएको छ । सोमबारदेखि शुरु भएको स्पोर्टस् मिटको अन्तिम दिन भलिबल, बास्केटबल र कबड्डी लगायतका प्रतियागिता भएका छन् । छात्र तर्फको बास्केटबल प्रतियोगितामा कक्षा १२ बिहानी समूह  प्रथम र कक्षा १२ दिवा समूह द्वितीय भएका छन् । यस्तै अति रोमाञ्चक छात्रा तर्फको कबड्डी खेलमा दिवा समूह प्रथम  र  बिहानी समूह द्वितीय भएका छन् । छात्र तर्फको कबड्डी खेलमा प्रथम कक्षा ११ दिवा समूहका छात्र र द्वितीय कक्षा १२ दिवा समूह भएका छन् । पुरुष शिक्षक र स्टाफ भलिबल प्रतियोगितमा बिहानी समूहको शिक्षकको टिम प्रथम भएका छन् । 
    स्पोर्टस् मिटमा विजयी टिम र विद्यार्थीहरुलाई फागुन ३ गते कलेजमा हुने फुड फेस्टिभलमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले बताए । स्पोर्टस् मिटका खेलहरु तिलोत्तमास्थित जनज्योति क्लबको खेल मैदान र कलेजको आफनै प्रांगणको खेल मैदानमा तीन दिनसम्म उत्साहजनकरुपमा सम्पन्न भएका कलेजका व्यवस्थापन संयोजक पशुपति चौधरीले  बताए । स्पोर्टस् मिटमा फुटबल,क्रिकेट,भलिबल, बास्केटबल, टेबलटेनिस, कबड्डी, दौड, हाइजम्प,लङजम्प,सटपुट थ्रो, ज्याभलिन थ्रो, चेस, म्युजिकल चेयर लगायतका प्रतियोगिता भएका सहप्राचार्य दिवाकर खनालले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij