२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँचीका दुई उद्यमी नगदसहित पुरस्कृत

अर्घाखाँचीका दुई उद्यमी नगदसहित पुरस्कृत

अर्घाखाँचीका दुई उद्यमी नगदसहित पुरस्कृत

अर्घाखाँचीका दुई उद्यमी नगदसहित पुरस्कृत

अर्घाखाँचीका दुई उद्यमी नगदसहित पुरस्कृत
घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • अर्घाखाँची  ।  अर्घाखाँची जिल्लाका दुई उद्यमी पुरस्कृत भएका छन् । स्थानीय स्तरमा व्यवसाय गरिरहेका दुई जना उद्यमीलाई पुरस्कृत गरिएको हो । 

    उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयले अर्घाखाँचीको एस.पी व्लक तथा टायल उद्योग र सुपादेउराली साबुन एण्ड सरफ उद्योगलाई नगदसहित सम्मान गरेको हो । टायल उद्योगका शान्ता खत्री र सरफ उद्योगका बसन्ता खड्का रिजाललाई घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले एक कार्यक्रमका बिच नगद ४० हजार रुपैंयासहित सम्मान गरेको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताईन् । 

    ‘जिल्ला भित्रका उत्कृष्ट उद्यमी सम्मान तथा प्रोत्साहन पुरस्कार’ कार्यक्रम अनुसार उनिहरु छनौट भएको कार्यालयले जनाएको छ । उद्योग मार्फत रोजगारी सृजना तथा मुलुकको आर्थिक उन्नयनमा योगदान पुर्‍याएको भन्दै उनिहरु सम्मानित भएका हुन् । 

    यसैबिच उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर रुपन्देहीको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सहजीकरणमा उपभोक्ता जागरण तथा उद्यमीसँग अन्तरक्रिया कार्यक्रम भएको छ । 

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले सरकारले उपभोक्ता र उद्यमी दुवैका लागि यस्ता अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको बताए । उनले उद्यमीका समस्या उद्यमी सम्बन्धि प्रदेश ऐन बनाउँदा उठान गर्ने प्रतिबद्धता जनाए । ‘राज्यले असिमीत रोजगारीका अवसरहरु उपलब्ध गराउन सक्दैन, उनले भने, ‘बेरोजगारीका समस्या धेरै समाधान गर्ने निजी क्षेत्रले हो, यसका लागि धेरै उद्योग, व्यवसाय फस्टाउन आवश्यक छ ।’ 

    कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, अर्घाखाँची उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको कार्यपत्र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दुर्गा न्यौपानेले प्रस्तुत गरेकी थिइन् । 

    कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक इश्वरी चन्द्र अर्यालको अध्यक्षता र घरेलु कार्यालयका हुम बहादुर विकको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij