२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

क्याननले रजत जयन्ती मनाउदै

क्याननले रजत जयन्ती मनाउदै

क्याननले रजत जयन्ती मनाउदै

क्याननले रजत जयन्ती मनाउदै

क्याननले रजत जयन्ती मनाउदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • बुटवल ।बुटवलको शैक्षिक क्षेत्रमा योगदान दिदै आएको क्यानन सेकेण्डरी स्कुलले आफ्नो २८ वार्षिकोत्सब तथा रजत जयन्ती विविध कार्यक्रम गरि मनाउदैछ । कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्ती ३ वर्षपछि खेलकुद र रचनात्मक कार्यक्रम गरि मनाएको हो ।

    विद्यालय परिसरमा बुधबार पत्रकार सम्मेलन गरि कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्तीलाई २८ वार्षिकोत्सबको अवसरमा मनाउन लागेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । माघ २२–२५ खेलकुद सप्ताह, जिल्ला स्तरिय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन भैसकेको उनले बताए । विहिबार विद्यालय परिसरमा वृहत रक्तदान तथा फागुन २ गते मुल समारोह हुने उनले बताए । क्यानन नया युगको शिक्षा नीति अनुसार अध्यापनमा अग्रसर रहेको भन्दै उनले गुणस्तरीय शैक्षिक विकासमा जोड दिएको बताए । ‘समयको माग अनुसारको शिक्षामा अग्रसर छौ ।’–उनले भने । संख्यात्मक भन्दा पनि गुणात्मक पक्षमा जोड दिदै आएको उनले बताए । बुटवलको अन्तराष्ट्रिय सभाहलमा हुने मुल समारोहमा प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाको विशेष उपस्थिती रहने उनले बताए । सो कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक सम्मान, पत्रकार सम्मान लगायतसहित सास्कृतिक कार्यक्रमहरु गरिने उनले बताए ।

    कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले विद्यार्थीहरुलाई बैज्ञानिक, सीपमुलक र ब्यवहारिक अध्ययनमा जोड दिने गरि आफुहरु लागेको बताए । शैक्षिक संस्थाहरु समाजका अभिन्न अंग भएको भन्दै उनले आफु दोस्रो पुस्ताका रुपमा विद्यालयलाई समुदायसंग जोड्ने काम गरेको बताए । प्रत्येक कक्षाकोठामा कर्नर लाईबेरीको ब्यवस्था गरि पठन संस्कृति बिकास गर्ने लक्ष्यसहित अवधारणा अघि बढाएको उनले बताए । यसैगरि प्ले ग्रुपलाई ईसिएका रुपमा विकास गरिरहेको उनले बताए ।

    कार्यक्रममा विद्यालयका ईसिए प्रमुख मिनराज गिरिले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने गरि खेलकुद गतिविधिलाई विशेष प्राथमिकतामा राखेको बताए । विभिन्न विधामा राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा ल्याउने धेरै खेलाडीहरु जन्माउन समेत सफल रहेको उनले बताए । विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय जना विद्यार्थीहरु छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि प्लस टु मा ३२२ विद्यार्थीहरु अध्ययरत रहेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij