२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ढलापडा काठ निकाल

ढलापडा काठ निकाल

ढलापडा काठ निकाल

ढलापडा काठ निकाल

ढलापडा काठ निकाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  •  वन जोगाउने भन्दै वनबाट ढलापडा काठ निकाल्न आनाकानी गर्ने सरकारी रवैया गलत छ । ढलापडा काठ निकाल्दा वनमा हुर्किरहेका रूखबिरूवालाई फाइदा हुन्छ नै, राज्यलाई आम्दानी पनि हुन्छ । ढलापडा काठ निकालेर  बजारमा पठाउन सके अहिले भइरहेको काठ आयातलाई न्यूनीकरण गर्न सकिन्छ । राज्यको गलत नीतिले यहाँ काठ कुहिएर जाने, तर विदेशबाट  आयात हुने वातावरण बनेको छ ।


    राष्ट्रिय वन, सामुदायिक वन, कबुलियती वन, निजी वनलगायत सबै प्रकारका वनबाट ढलापडा काठ निकाल्ने र बेच्ने थिति बसाल्दा मुलुकको काठ आयात रोक्न सकिन्छ । देशको पैसा बाहिर जाँदैन । राज्यले राजस्व बापत पैसा कमाउन सक्छ । एक उच्चस्तरीय छानबीन समितिको सुझावलाई मान्दै २०७७ जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै किसिमका काठ कटान, सङ्कलन, बिक्री-वितरण र ढुवानी बन्द गर्ने निर्णय ग¥यो । त्यसपछि माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन लागु नभएका वनमा मात्र काठ दाउराको बिक्री वितरण खुला गर्ने निर्णय ग¥यो । यो निर्णयले वैज्ञानिक वन व्यवस्थापन भएका रूपन्देहीलगायत विभिन्न जिल्लाका सामुदायिक वनमा अहिले काठ कुहिएर नोक्सान भएको छ । सरकारले व्यवस्थापनबारे ध्यान दिएको छैन । कुहिएर जानुभन्दा बिक्री गर्ने वातावरण बनाउन सके राज्यले आम्दानी गर्न सक्थ्यो ।


    वनलाई संरक्षण गर्नुपर्छ, त्यो अनिवार्य शर्त हो, तर संरक्षणको नाउँमा ढलापडा काठ निकाल्न बन्द गर्ने प्रवृत्तिले देशलाई फाइदा गर्दैन । बरु त्यसले निम्त्याउने विपत्ति नै हो । ढलापडा काठ ननिकाल्ने हो भने सुख्खायाममा डढेलो लाग्दा जोखिम धेरै हुन्छ । वनमा ढलापडा काठ निकाल्न नदिने काम वन जोगाउनेभन्दा काठ व्यापारीको पक्षमा हो भन्ने बुझ्न कठिन छैन । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भयो तर अर्को कार्यविधि तयार भएन, अर्को कार्यविधि बनाउन चासो दिइएन । यस्तो प्रवृत्तिले वन संरक्षण होइन, वनमा भद्रगोल र मनपरी गर्नेलाई छुट हुन्छ । राज्य विधिले चल्ने हो । विधिले थिति बसाल्ने हो । अहिले वनका बारेमा गरेका निर्णय र सरकारले चालेका कदमले थिति बस्दैन । वनबाट केही ननिकाल्ने र कसैलाई पस्न नदिने नीतिले मात्रै वन जोगिदैन । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij