२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोहिणीमा विद्यालयको गुणस्तर बढाउन कष्टमाईज्ड तालिम

रोहिणीमा विद्यालयको गुणस्तर बढाउन कष्टमाईज्ड तालिम

रोहिणीमा विद्यालयको गुणस्तर बढाउन कष्टमाईज्ड तालिम

रोहिणीमा विद्यालयको गुणस्तर बढाउन कष्टमाईज्ड तालिम

रोहिणीमा विद्यालयको गुणस्तर बढाउन कष्टमाईज्ड तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २१ २०८१
बिहिवार, आषाढ २१ २०८१
  • भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुको लागि नेतृत्व क्षमता विकास सम्बन्धी कष्टमाईज्ड तालिम सम्पन्न भएको छ ।

    रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा असार ९ देखि असार १८ गतेसम्म रोहिणी–३ स्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा तालिम भएको हो । तालिममा ४५ जनाको सहभागीता रहेको रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले जानकारी दिए ।


    तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विद्यालय प्रशासनलाई चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘शिक्षकलाई मात्र दोष दिएर हुँदैन । अभिभावकलाई पनि जागरुक बनाउनुपर्छ । शिक्षा क्षेत्रमा अझ राम्रो काम गर्नुपर्छ ।’

    गाउँ शिक्षा समितिका संयोजक समेत रहेका यादवले रोहिणीमा शिक्षा क्षेत्रलाई अझ अगाडि बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले वडा कार्यालयहरुले पनि विद्यालयमा विशेष ध्यान दिनुपर्ने बताए । 

    गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षामा लगानी गर्न गाउँपालिका पछाडी नहट्ने बताइन् । उनले गाउँपालिकाले शिक्षाको विकासमा जोड दिने बताइन् ।
    त्यस्तै रोहिणी–१ का वडाअध्यक्ष तथा सामाजिक विकास समिति संयोजक आविद अली पठानले तालिम आयोजना गर्नु सराहनीय कार्य रहेको बताए । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले रुपन्देहीका विभिन्न नमूना विद्यालयका प्रधानाध्यापकहरुले तालिमको सहजीकरण गर्नुभएको बताए । उनले भने, ‘विकास शिक्षाबाट हुन्छ भने शिक्षामा लगानी गर्नुपर्छ । गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ । अभिभावक सचेत नभएसम्म हुँदैन ।’ उनले हरेक वडाले कम्तीमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्ने बताए ।

    समाजसेवी हरिद्वार हरिजनले शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    गाउँ शिक्षा समिति सदस्य धनेश्वर कंवरले तालिममा सिकेको कुराहरु व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयको अवस्था हेरेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

    छिपागढ माविका प्रधानाध्यापक इन्द्र कुमार यादवले तालिम आयोजना गरेको भन्दै गाउँपालिका टीम र प्रशिक्षकहरुलाई धन्यवाद दिए । उनले भने, आगामी शैक्षिक सत्रमा राम्रो नतिजा आउने पूर्ण विश्वास दिलाउन चाहन्छु ।

    मदरसा बैरिहवाका प्रधानाध्यापक मैनुद्दीन फकिरले मदरसाका विद्यार्थीहरुलाई पुरस्कृत गर्दै प्रोत्साहन गर्नुपर्ने र यसले राम्रो सन्देश जाने बताए । उनले तालिममा धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

    जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी देवी जि.सी.ले १० दिने तालिम महत्वपूर्ण रहेको बताइन् । प्रधानाध्यापकहरुसँगै अब शिक्षकहरुलाई पनि यस्तो तालिम सञ्चालन गनुपर्ने उनले बताइन् ।

    रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सो अवसरमा तालिममा सहभागीहरुलाई झोला तथा रेनकोट प्रदान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij