२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दीप बोर्डिङमा खेलकुद सप्ताह सुरु

दीप बोर्डिङमा खेलकुद सप्ताह सुरु

दीप बोर्डिङमा खेलकुद सप्ताह सुरु

दीप बोर्डिङमा खेलकुद सप्ताह सुरु

दीप बोर्डिङमा खेलकुद सप्ताह सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • बुटवल । बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुलले बिहीबारदेखि खेलकुद सप्ताह सुरु गरेको छ । मावि तहका विद्यार्थीहरुको शारिरिक तथा बौद्धिक क्षमता विकासकालागि विभिन्न चरणका खेलहरु खेलाएर विद्यालयले खेलकुद सप्ताह मनाउने भएको हो ।

    खेलकुद सप्ताहको बिहीबार उद्घाटन गर्दै प्याब्सन नेपाल लुम्विनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेयले खेलकुदले विद्यार्थीको शारिरिकमात्र नभई बौद्धिक क्षमताको विकास गर्ने भएकाले सबैखाले खेलकुदमा विद्यार्थीको उल्लेखनीय सहभागिता हुनु पर्ने बताए ।

    विद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुको अध्यक्षतामा भएको खेलकुद सप्ताह उद्घाटन कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनीन पिया, शिक्षा शाखा अधिकृत यादव विष्ट, श्रवणपथ प्रहरी कार्यालयका इन्चार्ज खगेन्द्र पराजुली, विद्यालयका सहप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, शुरेन्द्र कुमार श्रेष्ठलगायतले खेलकुद क्षेत्रको विकासकालागि विद्यालय तहबाटै विद्यार्थीको राम्रो सहभागिता बनाउन आवश्यक रहेको बताए।

    विद्यालयको ४४ औँ वार्षिकोत्सवको अवसर पारेर गरिएको खेलकुद सप्ताहमा मावि तहसम्मका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए ।

    विद्यार्थीलाई सबैखाले ज्ञान र क्षमताको विकास गर्नकालागि विद्यालयले खेलकुद, साहित्य, गायत तथा संगित, आर्टलगायतका कार्यक्रमहरु निरन्तर गर्दै आएको बताए ।

    खेलकुद सप्ताह अन्तरगत विद्यालयले ब्याटमिन्टन, टेवलटेनीस, भलिवल, क्रिकेटलगायतका विभिन्न खेलकुदमा विद्यार्थीहरुको सहभागिता गराउने खेलकुद संयोजक विकास हमालले जानकारी दिए ।

    यसैबीच खेलकुद सप्ताहको सुरुमा विभिन्न भेषभुषा, जातिय पहिचान र धार्मिक आस्था राख्ने समुह बनाएका विद्यार्थीहरुले झाँकी सहित बुटवल नगरको परिक्रमा गरेका थिए ।

    विविध कार्यक्रम सहित आफ्नो ४४ औं वार्षिकोत्सव मनाउँदै गरेको विद्यालयले फागुन ५ गते बार्षिकोत्सव गर्ने छ भने सोही दिन दीप गायन तारा प्रतियोगिताको फाईन पनि हुने विद्यालयका शिक्षक विजय सापकोटाले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij