२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अक्सफोर्ड माबिको ३४ औँ बार्षिकोत्सव शुरु

अक्सफोर्ड माबिको ३४ औँ बार्षिकोत्सव शुरु

अक्सफोर्ड माबिको ३४ औँ बार्षिकोत्सव शुरु

अक्सफोर्ड माबिको ३४ औँ बार्षिकोत्सव शुरु

अक्सफोर्ड माबिको ३४ औँ बार्षिकोत्सव शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • बुटवल । बुटवल ८ सुख्खानगरमा रहेको अक्सफोर्ड माबिले आफ्नो ३४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन शुरु भएको छ ।

    अभिभावक दिवसको उद्घाटन गर्दै लुम्विनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले शैक्षिक क्षेत्रको विकासकालागि निजी क्षेत्रले दिएको योगदानलाई विर्सन नसकिने बताए । उनले बुटवल शैक्षिक हवका रुपमा विकास भएको उल्लेख गर्दै शैक्षिक गुणस्तरीयता कायम गर्न निजी शैक्षिक संस्थाहरुले दिएको नतीजा प्रशंसनीय रहेको बताए।

    उनले सामुदायिक र संस्थागत विद्यालयहरुले शैक्षिक बिकास र सुधारकालागि ठुलो लगानी गरेको बताउँदै अव शिक्षालाई सीप र क्षमता विकासको माध्यमका रुपमा जोड्नु पर्ने बताए ।

    कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अक्सफोर्डका प्राचार्य दिनेश भुसालले अक्सफोर्डलाई डिजिटल एकेडेमिका रुपमा विकास गर्ने बताए । उनले अक्सफोर्ड देशमै धेरै विद्यालय हुने विद्यालयमध्ये तेस्रो स्थानमा परेको उल्लेख गर्दै विद्यालयको थप गुणस्तर वृद्धि, भौतिक प्रगति र विद्यार्थी, अभिभावको चाहना अनुसार अक्सफोर्ड विश्वविद्यालयका रुपमा विकास गर्ने गरि योजनाहरु बनाएको बताए ।

    विद्यालयले संस्कार सहितको शिक्षालाई बढी जोड दिएको बताँउदै उहाँले विद्यार्थीलाई मोवाईल, टिभिमा भन्दा अध्ययन र खोज अनुसन्धानमा लाग्न प्रोत्साहन गर्न अभिभावकहरुलाई अनुरोध गरे।  

    विद्यालय संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, कालिका माविका प्राचार्य दिनेश थापा, नवरत्न माविका प्राचार्य भविश्वर बंजाडे, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, सहप्राचार्य मोहन क्षेत्रीलगायतले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

    शिक्षक कपिल ढकाल, विद्यार्थीद्वय टेरिसा भण्डारी र श्रेया पाण्डेको संचालनमा भएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने विद्यालयले उत्कृष्टता हासिल गर्ने विद्यार्थी र शिक्षकलाई पुरस्कार वितरण गरेको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij