कृष्ण पोखरेल- पाल्पा । कृषि उत्पादनमा सहभागी बनौ परनिर्भरताको अन्त्य गरौ भन्ने मुल नाराका साथ तानसेन ९ तिन्टी आपमा तेस्रो कृषि मेला पर्यट प्रदर्शनी २०८१ संचालन हुने भएको छ।
फागुन ३ गते संचालन हुने कृषि मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक पक्षले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।मदनपोखरा संगम बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आयोजना तानसेन नगरपालीका ९ नं वडा कार्यालयको प्रवर्धनमा तेस्रो कृषि मेला हुन लागेको हो।
मेलामा प्रतियोगात्मक कृषि वाली प्रदर्शनी प्रतियोगितात्मक बाख्रा कुखुरा प्रदर्शनी रैथाने वाली प्रदर्शनी कृषि औजार प्रदर्शनी विउविजन प्रदर्शनी पशु रोग निदान तथा गोवर परिक्षण बाली रोग निदान प्लान्ट क्लिनिक मागे परिक्षण कृषि उद्दम अनुभव आदान प्रदान रहने छ। मेलामा ३५ वटा स्थल रहने छन ।
कृषि मेलाको मुख्य उद्देश्य किसान लाई आफै विउ विजन उत्पादन गर्न सक्ने बनाउने किसान लाई व्यवसायीक बनाउने किसान लाईउद्दमी बनाउँदै गाडी चढ्ने स्तर सम्म पुट्याउने किसानहरुमा जागरण पैदा गर्ने कृषि तथा कृषक मुखी निती निर्माण तथा बजेटमा सरोकार निकायको ध्यान आकर्षण गराउने रहेको वडा अध्यक्ष राजेश कुमार अर्पालले बताए।
मदनपोखरा क्षेत्र वरीपरी कृषि उत्पादन अत्याधिक रहेकोले सहकारीको आयोजनामा मेला आयोजना गरिएको अध्यक्ष घनश्याम घिमिरेले बताए।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले कृषि मेलाले उत्पादनमा वृद्धि कृषिमा आधुनिकीकरण । कृषकका समस्या हरु समाधान गर्न सहयोग पुग्ने बताए ।
सहकारीका उपाध्यक्ष सन्तोष अर्याल सचिव बेद प्रसाद सुवेदीको संचालनमा चलेको थियो।




