बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे ले हाटबजार व्यवसायिले स्वरोजगारको वातावरणमा सृजना गरेको बताएका थिए ।
हाटबजार व्यवसायिहरुको साथमा स्थानीय सरकार जहिले पनि सकारात्मक रुपमा अगाडिफबढेको बताएमा थिए । बुटवल उपमहानगरपालिका का उप प्रमुख सावित्रादेवि अर्यालले नगरपालिकाले श्रमजीवी को पक्षमा काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरेकि थिईन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका पुर्व नगर प्रमुख पुनाराम पोखरेलले व्यवसायिहरुकोहितमा तीन तहको सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका थिए । बुटवल उद्योगव्यापार संघका बाणिज्य उपाध्यक्ष पदम जिसिले कार्यक्रममा बोल्दै व्यवसायीको हितमा स्थानीय सरकारले ध्याद दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले ब्यवसायिहरुको हितको लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताएका थिए ।रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनालले राज्यबाट गरिने व्यवहार सकारात्मक आवश्यक रहेको बताए । उनले राज्यले सबै व्यवसायी को लागि पुर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए ।
कपिलवस्तु हाटबजार व्यवसायि समितिका अध्यक्ष यमलाल बेल्बासेले कार्यक्रम मा बोल्दै विविध समस्या का बाबुजत पनि बैदेशिक रोजगारीको यात्रा केही हद सम्म राकेको बताए । उनले साप्ताहिक हाटबजार धेरै सुधार गर्न आवश्यक भएको बताए ।
हाटबजार व्यवसायी संघ रुपन्देहीका पुर्व अध्यक्ष प्रकाश खनालले श्रमजीवीहरुको हितमा स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेको बताए ।
हाटबजारमा खानेपानी , सौचालय, पार्किङ समेत व्यवस्थापन गर्नु पर्ने बताएका थिए । प्रत्येक बर्ष सरकारले बैठकिकरको रुपमा प्रत्येक बर्ष वृद्धि गर्दै जाँदा समस्या व्यवसायी ले भोग्दै आएको बताए ।
कार्यक्रम मा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसि लगायतले आ आफ्नो भनाइ राखेका थिए ।कार्यक्रम मा बोल्दै हाट बजार व्यवसायी संघका अध्यक्ष हुमाराम पोखरेलले स्थानीय सरकारले साना व्यवसायीहरुको हितको लागि सबैले बेलैमा ख्याल गर्नुपर्ने बताएका थिए । उनले पुर्वाधार विहिन बजारलामो समय देखि चल्दै आएको भन्दै यसमा ख्याल गर्नु पर्ने बताएका थिए ।
हाटबजारको रक्तदानमा ६० युनिट संकलन
हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औ वार्षिक साधारणसभाको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तसञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदानमा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक डोलराज फुल्लेलले जानकारी दिए। कार्यक्रममा स्वयंसेवि रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्रीले रक्तदान जीवनदान भएको बताउदै नियमित रक्तदान गर्नुपर्ने उल्लेख गरेका थिए।




