२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पेट्रोलमा मूल्यवृद्धि,बुटवल क्षेत्रमा अब प्रतिलिटर १६५.४० पर्ने

शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • बुटवल । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो ।निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटाएको हो ।

    आज राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ ।

    त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।

    निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ उठाउने पम्प तथा बिक्रेता रहेका छन् ।

    दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायलका डिपो रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij