२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल बनाउन नेतृत्वले गर्नुपर्ने काम

बुटवल बनाउन नेतृत्वले गर्नुपर्ने काम

बुटवल बनाउन नेतृत्वले गर्नुपर्ने काम

बुटवल बनाउन नेतृत्वले गर्नुपर्ने काम

बुटवल बनाउन नेतृत्वले गर्नुपर्ने काम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • कुनै बेलाको बटौली बजार अहिले बुटवल भएको छ । सानो बटौली बजार अहिले फैलिएको बुटवल शहरमा रूपान्तरित हुँदा यसले धेरै संभावनाका ढोका खोलेको छ । तराई–पहाडबिचको सम्पर्क सेतु सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम महेन्द्र राजमार्ग आधुनिक बुटवल निर्माण गर्न सघाउ पु¥याइरहेका छन् । यहाँबाट जुन ढंगको यातायात सञ्जाल विस्तार भयो, त्यसले बुटवललाई यातायातको केन्द्र पनि बनायो ।


    कुनै बेलाको व्यापारिक केन्द्र बटौली बजार विसं. बीसको दशकपछि औद्योगिक शहरको पहिचान स्थापित ग¥यो । नर्वेली इञ्जिनियर अड हफ्टनले बुटवल टेक्निकल इष्टिच्युटसहित अरु आधा दर्जन विभिन्न प्रतिष्ठानको स्थापना र सञ्चालन गरेर बुटवलमा औद्योगिकजग बसाले । यही जगमा टेकेर धमाधम उद्योगहरु खुले । अहिले यहाँका स्थापित उद्योगी त्यसैबेला औद्योगिक उत्पादनमा हात हालेका हुन् । दुई राजमार्ग हुँदै विस्तार भएको यातायात सञ्जालले बुटवललाई यातायातको केन्द्र बनायो । त्यसपछि अवसरको खोजीमा बसाई सरेर आउनेहरुको संख्या बढेसँगै उनीहरुले गुणस्तरीय शैक्षिक संस्था खोज्न थाले । त्यसपछि धमाधम गुणस्तरीय शिक्षा उपलब्ध गराउने शैक्षिक संस्था खुले । अहिले बुटवल व्यापारिक, औद्योगिक, शैक्षिक र यातायातको हब भएको छ । पर्यटकीय गतिविधिको विस्तार हुने क्रममा रहेकोले पर्यटन प्रवद्र्धनबाट पनि बुटवलले लाभ पाउन सक्ने संभावना उत्तिकै छ । शहरीकरण तीब्र भएको छ । 


    अहिले जे जति संभावनाहरु विकास हुँदै आए, आगामी दिनमा चुनौतीका चाङ उत्तिकै छन् । यातायात सञ्जाल बदलिएको छ, अर्थात् विगतमा बुटवलले पूर्व–पश्चिम र उत्तर–दक्षिणको दुई राजमार्ग केन्द्रित यातायात सञ्जालको पकड गुमाउँदै छ । समयमै हेक्का राखेर व्यवस्थापनमा ध्यान नदिने हो भने बुटवलबाट हुँदै आएको व्यापार अन्यत्र सर्न सक्छ । यातायात सञ्जाल बदलिएसँगै व्यापार प्रभावित हुने हो । त्यसैगरी, बुटवलमा चर्को घरभाडाले व्यवसायी टिक्नै नसक्ने वातावरण बनेको छ, त्यसको व्यवस्थापन गर्न कसैलाई सरोकार छैन । 


    ज्योतिनगरको पहिरोको दीर्घकालीन व्यवस्थापनमा पटक्कै ध्यान छैन । पटके व्यवस्थापनले चुरेको त्यो भीषण पहिरो थामिनसक्ने अवस्था छैन । तिनाउको दोहन बेलैमा नियन्त्रण गर्न नसक्दा बहुआयामिक असर देखिन थालेका छन् । अनियन्त्रित ढुङ्गागिट्टी निकासीले तिनाउले संभावित जोखिम निम्त्याउँदैछ । तिनाउ नदी गहिरिएर भासिंदै गएको छ । तिनाउ किनारको बस्ती जोगाउन बनेका पूर्वाधारले तिनाउको प्राकृतिक स्वरुपलाई झनै असर गरेको छ । नदीलाई नहर झैं बनाइएको छ । के चुरेबाट बग्ने नदीलाई नहर झैं बगाउन संभव छ ? यो प्रश्नले सबैलाई गम्भीर बनाए पनि कमजोरी सुधार गर्ने आँट कसैलाई छैन ।


    पूर्वाधार विकासले मात्रै शहर गुल्जार बन्ने होइन । शहर जीवित हुनका लागि मान्छे बस्न सक्ने वातावरण हुनुपर्छ । मान्छे बाँच्न र बस्नका लागि पहिले प्रकृतिलाई सँगै लिएर जान सक्नुपर्छ । बुटवलको भविष्य छ, संभावनाका बहुआयामिक ढोका छन्, तर ती संभावनाका ढोका खुलाउनु पहिले बुटवलको विपद् व्यवस्थापनमा खेलवाड नगरौँ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij