२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धि बिनायक स्कुलले मनायाे रजत महोत्सव

सिद्धि बिनायक स्कुलले मनायाे रजत महोत्सव

सिद्धि बिनायक स्कुलले मनायाे रजत महोत्सव

सिद्धि बिनायक स्कुलले मनायाे रजत महोत्सव

सिद्धि बिनायक स्कुलले मनायाे रजत महोत्सव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • बुटवल ।  सिद्धि बिनायक सेकेण्डरी स्कुलले आफ्नो रजत महोत्सव विविध कार्यक्रम गरि मनाएको छ । विद्यालय परिसरमा नवनिर्मित मन्टेश्वरी ब्लकको भवनको शनिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले उद्घाटनसहित रजत महोत्सव कार्यक्रमको उद्घाटन गर्दै शैक्षिक विकासमा निजि विद्यालयहरुको योगदानबारे प्रकाश पारे ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासु उपाध्यायले संस्थापकहरुको सोच र योजनालाई निरन्तरता दिदै अघि बढेको बताए । गुणस्तरिय शिक्षाबाट दक्ष जनशक्ति उत्पादनको लक्ष्यमा सफलता हासिल हुने गरि ससाना सुधार र ब्यवस्थापनमा काम गरेको उनले बताए । विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुलाई तालिम अभिमुखिकरणका साथै प्रविधिमैत्री विधि अप्नाएको उनले बताए । पछिल्लो दुई वर्षको अवधिमा धेरै गुणात्मक सुधार भएको छ। उनले भने । रजत महोत्सवको अवसरमा बालबालिकाहरुको प्रतिभा प्रस्फुटन हुने गरि नाटक, नृत्य लगायत प्रस्तुतिसंगै विविध रचनात्मक कार्यक्रम गरिएको बताए ।

    विद्यालय परिसरमा विद्यार्थीहरुबाट तयार गरिएको आर्ट कला र विज्ञान सामग्रीहरुको प्रदर्शनी समेत गरिएको उनले बताए । यसैबिच रजत महोत्सवको अवसरमा विद्यालयका पुर्व अध्यक्ष, पुर्व प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गरिएको छ ।

    कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन खत्रीले बुटवल नगरभित्रकै तिनाउ नदि पारी विकट क्षेत्रमा रहेर पनि शिक्षाको ज्योति छर्न नीजि क्षेत्रबाट आफुहरुबाट अगुवाई गरेको बताए । विद्यालयबाट धेरै दक्ष नागरिक देशलाई दिन सफल भएको उनले बताए ।
    बुटवल वडा नं १५ स्थित मैनापुरमा करीब आठ कट्टा क्षेत्रफल रहेको विद्यालयमा नर्सरीदेखि १० सम्म ६ सय बढि रहेका छन ।

    कार्यक्रममा पुर्व प्रधानाध्यापक गंगाराम दंगोरियासहित आठ जना प्रधानाध्यापकहरु, पाच जना पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij