२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इन्टलेक्च्युअल एकेडेमीको १५ औँ वार्षिकोत्सव सम्पन्न

इन्टलेक्च्युअल एकेडेमीको १५ औँ वार्षिकोत्सव सम्पन्न

इन्टलेक्च्युअल एकेडेमीको १५ औँ वार्षिकोत्सव सम्पन्न

इन्टलेक्च्युअल एकेडेमीको १५ औँ वार्षिकोत्सव सम्पन्न

इन्टलेक्च्युअल एकेडेमीको १५ औँ वार्षिकोत्सव सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • बुटवल । बुटवल–११ कालीकानगरस्थित इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार आयोजित कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

    सोही अवसरमा बोल्दै उनले बुटवल शिक्षाको हब बन्दै गएको बताए । उनले दक्ष जनशक्ति उत्पादनमा विद्यालय मात्र नभई अभिभावकहरू जिम्मेवार हुनुपर्ने हुनुपर्ने धारणा राखे । बालबालिकाको अध्ययनको लागि घरमै पनि अनुकूल वातावरण तयार गर्न अभिभावकहरूलाई नगर प्रमुख पाण्डेयले आग्रह गरे ।

    ‘बच्चाहरूलाई विद्यालयमा मात्र पढाएर हुँदैन ।’ उनले भने, ‘घरमा पनि पढ्न प्रेरित गर्न अभिभावकले पहल गर्नुपर्छ ।’ बुटवलमा सञ्चालित निजि तथा सामुदायिक बिद्यालयका कारण बजारीकरण हुँदै गएको र आर्थिक गतिविधिसमेत बढेको उनले बताए । बुटवलका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षासँगसँगै खेलकुद र अन्य गतिविधिमा पनि अघि नै रहेको उनले बताए । नगर प्रमुख पाण्डेयले उपमहानगरपालिकाले शिक्षाको क्षेत्रमा लगानि बढाउँदै उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्दै आएको बताए ।

    विद्यालयका संस्थापक सञ्चालक तथा प्राचार्य रामराज पोख्रेलले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै जीवनउपयोगी शिक्षा प्रदान गर्दै आइरहेको बताए । विद्यार्थीले आफूलाई आबश्यक पर्ने सम्पूर्ण आधारभूत कुराहरु विद्यालयले सिकाउँदै आएको उनले बताए । ‘हामी विद्यार्थीलाई केवल प्रमाणपत्र दिने होइन, उनीहरूलाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छौँ ।’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हाम्रो प्राथमिकता हो ।’ यहाँका विद्यार्थीले हरेक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए ।

    विद्यालयका अध्यक्ष गोबिन्दप्रसाद मरासिनीले विद्यालयले शिक्षासँगै खेलकुद र अन्य बिधालाई समेत प्राथमिकतामा राखेर योजना अघि बढाएको बताए । अभिभावक, शिक्षक र कर्मचारीको मेहेनतले विद्यालयले सफलता हासिल गरेको उनले बताए । यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सल्लाहकार डा।विष्णु शर्मा, पूर्व अध्यक्ष डिल्लीराज अर्याल लगायतले बोलेका थिए ।

    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत, पिटि, कराते प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए । भने वार्षिक परिक्षा तथा विभिन्न गतिविधिहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरीएको थियो । कार्यक्रममा विद्यार्थीहरुले बनाएका विभिन्न चित्र, बिज्ञान प्राविधिक गतिविधि एवं प्रोजेक्ट प्रदर्शनीमा राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक मेघराज पोख्रेलले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij