२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • बुटवल ।बुटवलमा आज साेमबारदेखि अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उदेश्यका साथ बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता शुरु हुन लागेको हो ।बुटवल उपमहानगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गरेको दाबी गरे ।

    ‘खेलकुद हब बनाउने गरि योजनासहित खेल पूर्वाधार विकास भएको छ ।’– उनले भने । संघिय र प्रदेश सरकारको सहयोगमा नगरभित्र धेरै नया पुर्वाधार र पुराना खेलमैदानलाई मर्मत सम्हारको काम भैरहेको उनले बताए । रुपन्देहीकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आयोजना गर्न ४० लाख रुपैया तथा राष्ट्रिय लनटेनिस प्रतियोगिता आयोजनका लागि १२ लाख रुपैया बजेट बिनियोजना गरेको उनले बताए ।

    यसैगरि एन्फा एकेडेमीमा १३ वर्ष मुनि युवा खेलाडी उत्पादनमा समेत लगानी गरिरहेको उनले बताए । यसका साथै खेलाडी, प्रशिक्षक, पत्रकार सम्मानका कार्यक्रम गरि थप प्रोत्साहनका कार्यक्रम समेत नगरबाट भैरहेको उनले बताए ।प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

    प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए

    बुटवल उपमहानगरपालिका वडा नं १२ चारपाला खेलमैदान तामनगर र बुटवल १३ जबई खेलमैदानमा गरि दुई स्थानमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका म्याच कमिसार हरि प्रसाद श्रेष्ठले बताए । प्रतियोगिता आयोजना हुने मैदान मर्मत र रंगरोगन, रेफ्री र टिम दर्ता लगायतका सबै काम पुरा भएको उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिदैछन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको उनले बताए । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

    चारपाला खेलमैदानमा जितेश्वरी माबि उजिरसिह माबिका बिचमा उद्घाटन खेल हुने छ । यसैगरि कान्ति माबि र एभरेष्ट माबि बिच दोस्रो खेल तथा क्यानन माबि र कालिका मानव ज्ञान माबिका बिचमा तेस्रो खेल हुने छ । यसैगरि सोमबार नै जबई खेलमैदानमा ज्ञानपुन्ज माबि र नहरपुर माबि तथा मोतिपुर माबि र तिलोत्तमा माबिका बिचमा खेल हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij