२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चप्पल उद्योगमा जम्दै नर्मदा

चप्पल उद्योगमा जम्दै नर्मदा

चप्पल उद्योगमा जम्दै नर्मदा

चप्पल उद्योगमा जम्दै नर्मदा

चप्पल उद्योगमा जम्दै नर्मदा
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • प्यूठान । मल्लरानी गाउँपालिका ४ खलंगा निवासी नर्मदा भट्टले चप्पल उद्योग सञ्चालन गरेकी छिन् । सुरुमा १ लाख बराबरको सामाग्री किनेर उद्योग सञ्चालन गरेको बताउदैं अहिले करिब ३ लाख लगानी भइसकेको बताइन ।

    २०८० जेठ महिनामा मल्लरानी गाउँपालिकाले सञ्चालन गरेको चप्पल बनाउने तालिममा सहभागी भइ १५ दिन तालिम लिएपछि चप्पल उद्यमी बनेकी थिइन । २०८१ साउन देखि एस.जी चप्पल उद्योग दर्ता गरेर चप्पल बनाउन थालेको बताउछिन् ।

    ‘पालिकाबाट तालिम लिएपछि ५ जनाले सामुहिक रुपमा चप्पल बनाउन थालेका थियौं ।’ भट्टले भनिन्‌–‘सामुहिक उद्योगबाट प्रतिफल नै नआएर असफल भएपछि मैले एकल लगानीमा चप्पल उद्योग सञ्चालन गरेकी हुं ।’ झिमरुक गाउँपालिका र सरुमारानी गाउँपालिकामा प्रशिक्षकको रुपमा तालिम दिन गएको समेत उनले बताइन् ।

    संगै तालिम लिएका १० जना मध्ये भट्टले मात्रै सिपको सदुपयोग गरेकी छिन् । प्रशिक्षकको रुपमा हिड्दा राम्रै कमाइ हुने गरेपनि सरदर मासिक २५–३० हजार आम्दानी गर्दै आएको बताउछिन् । उनले  काठमाण्डौ गएर १५ दिने एड्भान्स तालिम र बुटवलमा पनि डिजाइन सिकेकी छिन् । आफुले तालिम दिएका उद्यमीहरुले अहिले व्यवसाय सुरु गरेको समेत उनको भनाइ छ । 


    ‘बेसिक कोर्सको तालिम दिंदा ७–८ डिजाइनका चप्पल बनाउन सिकाउने गर्छु ।’ उनले भनिन्‌–‘सामान उपलब्ध भएसम्म ३०–३२ प्रकारका डिजाइनमा चप्पल बनाउन सक्छु ।’ ठुलो मात्रामा उत्पादन गरेर स्थानिय रुपमा बजार नपाउने गरेको उनले बताइन । ‘व्यापारिलाई राम्रै नाफा हुने गरी अनेत्रबाट खरिद गर्ने रेटमा दिएपनि व्यापारिले राख्दैनन् ।’ उनले भनिन्‌–‘थोरै मुल्यमा गुणस्तरीय दिंदा समेत स्थानिय उत्पादन भन्दा बाहिरबाटै खरिद गर्छौ भन्छन् ।’

    खलंगा बजारमै पसल राखेर अनलाइन मार्फत जिल्लाका विभिन्न ठाउँ र जिल्ला बाहिर काठमाण्डौ, घोराही र लमहीमा पठाउने गरेको उनले बताइन । डेलिभरी चार्ज असाध्यै महंगो भएकाले आफुले थोरै राखेपनि ग्राहकलाई बजारकै भाउ पर्न जाने उनले गुनासो पोखिन् । 


    सानैबाट जागिर गर्ने मन भएपनि घरपाएक जागिर नमिलेपछि सीप सिकेर उद्योग व्यवसाय गर्न थालेको उनले बताइन । संयुक्त परिवारमा बसेर पारिवारिक जिम्मेवारी बहन गर्दै आएको बताउदैं परिवारको राम्रो सहयोग पाएकोले उद्योगलाई विस्तारै बढाउदै लैजाने उनको भनाइ छ । 

    गाउँपालिकाले आफ्‌नो उत्पादनलाई बजारीकरणको व्यवस्था मिलाएमा ३–४ जना कर्मचारी राखेरै ठुलो चप्पल उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको उनले सुनाइन । स्थानिय उद्यमीहरुलाई प्रोत्साहनका लागि कुनै प्रकारका कार्यक्रमहरु नगरेको गुनासो समेत पोखिन् । सामाजिक क्षेत्रका सक्रिय रहेकी उनी नेपाल पत्रकार महासंघ प्यूठान शाखाको उपाध्यक्ष पनि हुन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij