२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • तिलोत्तमा । बिल्कुलै फरक वातावरणमा अर्गानीक स्वाद पस्कनेगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यार्सा अर्गानिक हाउस सञ्चालनमा आएको छ । 

    प्रकृति संग स्वादको भेट गराउने नारासहित दुई कोरीया रिर्टनी युवाहरुको लगानीमा यार्सा अर्गानिक हाउस मणीग्राम विकास पथमा सञ्चालनमा ल्याएका हुन् । युवा व्यवसायीहरु सुरेश क्षेत्री र विष्णु घिमिरेको ६० लाख संयुक्त लगानीमा सञ्चालनमा ल्याईएको हो । हाउसले १३ जनालाई प्रत्यक्ष रोजगारीमा समेत जोडेको छ । 

    WhatsApp Image 2025-02-17 at 2.46.46 PM.jpeg
    गुणस्तर र सर्वसुलभ अर्गानीक स्वाद दिने उदेश्यसहित एकदमै फरक व्यवस्थापनमा हाउस सञ्चालनमा ल्याएकोा सञ्चालक सुरेश क्षेत्रीले जानकारी दिए । मौषमी तथा बेमौषमी तरकारहीहरु उत्पादन गर्नको लागि टनेल हाउसमा बसेर ग्रीनरी हेर्दै आफैले साग टिप्दै खान पाउने व्यवस्था मिलाईएको उनले जानकारी दिए । 

    WhatsApp Image 2025-02-17 at 2.43.02 PM.jpeg
    ‘कोरोना पछि व्यक्तिहरुमा अर्गानिक खानेकुराहरु प्रति रुचि बढिरहेको छ र हामी पनि अर्गानिक नै खुवाउने योजना बनाएका थियौँ । सोही कन्सेप्टलाई टिपेर यार्सा अर्गानिक हाउस सञ्चालनमा ल्याएका हौँ । ’ उनले भने, टनेलभित्र बसेर खाना कुर्दैगर्दा सागपात आफै टिपेर खान मिल्ने व्यवस्था समेत मिलाएका छाँै । ’


    उनले ग्राहकहरुलाई गुणस्तरीय खानेकुरा सक्दो सस्तो मूल्यमा व्यवस्थापन गर्ने योजना अनुरुप नै काम गरिरहेको बताउँदै ग्राहकको स्वास्थ्य र पैसा दुबै बचाउनेगरी व्यवस्थापन भईरहेको बताए । 

    WhatsApp Image 2025-02-17 at 2.46.59 PM.jpeg
    अहिलेको लागि कालिज, लोकल कुखुरा तथा माछा केजीको रुपमा किनेर बिभिन्न परिकार बनाएर ग्राहकलाई पस्कीने बताउँदै सञ्चालक क्षेत्रीले पकाएको लागि न्युनतम शुल्क लिने गरेको उनले जानकारी दिए । 

    WhatsApp Image 2025-02-17 at 3.08.53 PM.jpeg
    आईटि अध्ययन गर्दै गरेका विष्णु घिमिरेका छोरा सरोज घिमिेरेले पनि हाउसको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । पछिल्लो समय देखिएको स्वास्थ्य प्रतिको सचेतको अवस्था हेर्दा अर्गानिकमा आकर्षण बढेको व्यवस्थापक सरोज घिमिरेले बताए । उनले आफुहरुको मेन्युमा रहेका अधिकांश कुराहरु आफै उत्पादन गर्दै आईरहेको बताए । 

    WhatsApp Image 2025-02-17 at 3.08.56 PM.jpeg
    होटल क्षेत्रमा १० वर्ष बढिको अनुभव बोकेका सुरेशले अहिले मौषमी र बेमौषमी तरकारहरु लगाउनको लागि क्षेत्रफल १ बिघा क्षत्रेफल जग्गामा टनेल तथाा अन्य पूर्वाधारहरु निर्माण गरिरहेका छन् । क्षेत्रीको आफ्‌नै कालिज फर्म समेत रहेको छ । 
    नगरपालिकामा यार्सा अर्गानिक हाउस उद्धाटनको अवसरमा सबै सेवामा १० प्रतिशत छुटको प्रवन्ध गरिएको उनले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij