२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हुलाक टिकटमा प्युठानकाे भित्रीकाेट दरबार

हुलाक टिकटमा प्युठानकाे भित्रीकाेट दरबार

हुलाक टिकटमा प्युठानकाे भित्रीकाेट दरबार

हुलाक टिकटमा प्युठानकाे भित्रीकाेट दरबार

हुलाक टिकटमा प्युठानकाे भित्रीकाेट दरबार
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१

  • प्युठान । प्युठान जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको तस्बिर हुलाक टिकटमा राखिएको छ।प्युठान नगरपालिका ४ स्थित ऐतिहासिक दरबारको सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले टिकटमा टाँचा लगाई प्रचलनमा ल्याएका छन्।  

    सोमबार देखि लागु हुने गरि हुलाक सेवा विभागको १० रुपियाँ मूल्य रहेको उक्त टिकट प्रकाशनमा ल्याईएको हो ।


    प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले हुलाक टिकटको प्रकाशनले भित्रीकोट दरबारको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्न मद्दत पुर्‍याउने बताए।

    ‘प्युठान नगरपालिको महत्वपूर्ण ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको प्रचारका लागि थप सहयोग पुगेको छ।' प्रमुख योगीले भने- 'हाम्रो ऐतिहासिक सम्पदालाई देशभर चिनाउनको लागि राम्रो अवसर प्राप्त भएको छ।' यसै संगै प्युठान नगरपालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीयस्थलको प्रबर्द्धनको लागि चासो साथ हेरिएको उनले बताए।


    चौबीसे राज्य अन्तर्गत प्युठानको राजधानी मानिने ऐतिहासिक भित्रीकोट दरबार प्युठान जिल्लाकै महत्वपूर्ण पर्यटकीय  गन्तव्य  हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij