बुटवल । विभिन्न प्रतियोगितामा प्रथम सहित उपाधि विजेता टिम र खेलाडीलाई न्यू होेराइजन अंग्रेजी आवासीय मावि बुटवल र न्यू होराइजन स्पोर्टस् क्लबले संयुक्तरुपमा वृहत पुरस्कार वितरण र सम्मान गरेका छन् ।
शैक्षिक सत्र २०८०÷८१ को पुस र माघ महिनामा विभिन्न संस्थाले आयोजना गरेका करिब दुई दर्जन जिल्लास्तरीय प्रतियोगिता विजेतालाई न्यू होराइजन माविको विद्यालय प्रांगण देवीनगरमा एक कार्यक्रमबीच सम्मान र बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा दशौँ जिल्लास्तरीय अन्तर मा.वि. एभरेष्ट कप छात्रा भलिबल प्रतियोगितामा प्रथम, आईएसएमटी अन्तर विद्यालय जिल्ला स्तरीय फुटसल प्रतियोगितामा प्रथम, अन्तर विद्यालय जिल्ला स्तरीय विभिन्न हाजिरी जवाफ प्रतियोगितामा प्रथम र चौथो ज्ञानगंगा यू १६ रनिङ्ग शिल्ड अन्तर विद्यालय जिल्ला स्तरीय डबल छात्र ब्याडमिन्टन प्रतियोगितामा प्रथम रातो टिमलाई सम्मान गरिएको हो । यस्तै प्रथम न्यू होराइजन जिल्लास्तरीय अन्तर मा.वि. छात्रा भलिबल प्रतियोगितामामा द्वितीय, छैठौँ बुटवल उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड भलिबल प्रतियोगितामा समग्रमा द्वितीय (स्वर्ण पदक – १०, कास्य पदक – ४ र कास्य पदक – ३ ) तथा चौथो ज्ञानगंगा यू १६ रनिङ्ग शिल्ड अन्तर विद्यालय जिल्ला स्तरीय डबल छात्र ब्याडमिन्टन प्रतियोगितामा दोस्रो भएको नीलो टिम र
गौतम बुद्घ अन्तराष्ट्रिय करांते प्रतियोगितामा विभिन्न स्थान प्राप्त गरेका खेलाडीलाई सम्मान गरिएको हो ।
सो अवसरमा विभिन्न विधाका खेल प्रशिक्षक तथा इन्चार्जहरुलाई समेत सम्मान गरिएको थियो । जसमा न्यू होारइजन स्पोर्टस् क्लबका अध्यक्ष चेतनबहादुर उचै ठकुरी, ब्याडमिन्टनका मिलन राना,भलिबलका उदयबम मल्ल र नरेन्द्र सारु,कबड्डीका महेन्द्रबहादुर सुनार,टेबलटेनिसका राजेन्द्र श्रेष्ठ,करांतेका उमेश थापा र प्रेम राना,फुटबलका सुरज थापा र अनुज गैरे,एभलेटिक्सका गोबिद चौधरी,बास्केटबलका मनोज गुरुङ र खुशी खांण,क्वीज मास्टर पशुपति अर्याल,लोकदोहोरीका कल्पना कुसुम र गणेश भण्डारी, अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याललाई सम्मान गरिएको थियो ।
खेलाडी विद्यार्थी र प्रशिक्षकहरुलाई न्यू होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल,शिक्षक विष्णुप्रसाद बस्याल,कक्षा ८देखि १२ सम्मका कक्षा संयोजक लगायतले विद्यार्थीलाई पुरस्कार वितरण गरेका हुन् । सो अवसरमा बोल्दै प्राचार्य उपाध्यायले न्यू होराइजनले विद्यार्थीलाई शैक्षिक गुणस्तरसंगै खेलकुद र अतिरिक्त क्रियाकलापमा समेत अब्बल र उत्कृष्ट बनाउन १७ विधाका खेल र अन्य विधाका प्रशिक्षक राखेर ठूलो लगानी गरेकाले यो उपलब्धी हासिल भएको बताए ।




