२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दोषीलाई कानुनी कारबाही हुनुपर्छ

दोषीलाई कानुनी कारबाही हुनुपर्छ

दोषीलाई कानुनी कारबाही हुनुपर्छ

दोषीलाई कानुनी कारबाही हुनुपर्छ

दोषीलाई कानुनी कारबाही हुनुपर्छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • तनहुँको बन्दिपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरूङ र रूपन्देहीकोे रोहिणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष करम हुसेन खाँले पालिकाका कर्मचारीलाई कुटपिट र दुव्र्यवहार गर्नु निन्दनीय छ । बन्दिपुर—६ का वडाध्यक्ष गुरूङले वडा सचिव नविन भुसाललाई घाँटी थिचेर कुटपिट गरेका छन्  भने रोहिणी—२ का अध्यक्ष हुसेनले कार्यपालिका बैठक चल्दै गर्दा पालिका शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई हातपात गरेको घटनाले स्थानीय तहमा मौलाएको अराजकता छताछुल्ल भएको छ ।


    बन्दीपुर–६ का सचिव भुसाललाई घाँटी थिचेर कुटपिट गर्ने वडाध्यक्षलाई कर्मचारीको दबाबपछि पक्राउ गरिएको छ । कर्मचारीमाथि हातपात र कुटपिट गर्ने जनप्रतिनिधिलाई पक्राउ गर्न चर्कै दबाब दिनुपर्ने अवस्था आउनु राजनैतिक नेतृत्वले गर्ने मनपरी सामु कानुन निरिह भएको देखिन्छ । कानुन र विधि सबैलाई समान लाग्नुपर्छ । कानुनको पालना र कार्यान्वयन समान भएमात्रै विधिको शासन स्थापित हुने हो । विधिको शासन स्थापित हुन सक्दा मात्रै लोकतन्त्र बलियो हुने हो । लोकतान्त्रिक विधिमार्फत् निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएपछि कर्मचारीमाथि कुटपिट र हातपातमा उत्रनुले फाशिष्ट प्रवृत्ति बढ्दै गएको प्रष्ट भएको छ । जनप्रतिनिधिको यो चरित्रले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउँदै जाने र व्यवस्थाप्रति नागरिक टाढिदै जाने जोखिम हुन्छ ।


    रोहिणी-२ का वडाध्यक्ष हुसेन र कर्मचारी घिमिरेबिच भएको घटनामा कर्मचारी घिमिरे मुख्य जिम्मेवार भएको जनप्रतिनिधिहरुले बताएका छन् । कर्मचारीहरुले भने हातपात र दुव्र्यवहार गर्ने वडाध्यक्षलाई कारबाही नभएसम्म काम ठप्प पार्ने चेतावनी दिएका छन् । वडाध्यक्षमाथि पहिले घिमिरेले हात उठाएकोले वडाध्यक्षले प्रतिकार गर्दा हातपात भएको भनाइ सत्य हो वा होइन्, त्यसको छानविन हुनुपर्छ । वडाध्यक्षले हातपात गरे, त्यो सार्वजनिक नै भयो । त्यसभन्दा पहिले कर्मचारीले हात उठाएको घटना हो भने कर्मचारीमा पनि बढ्दो अराजकता मौलाएको देखिन्छ ।


    यी दुई घटनाले स्थानीय तहमा कर्मचारी र राजनैतिक नेतृत्वबिच द्वन्द्व बढ्दो छ । दुई निकायबिचको द्वन्द्व आगामी दिनमा विभिन्न ढंगले विष्फोट हुने जोखिम बढेको छ । स्थानीय तह नागरिकको घरदैलोको सरकार हो । स्थानीय तहका जनप्रतिनिधि नागरिकको घरदैलोमा भेटिने जनप्रतिनिधि हुन् । नागरिकको घरदैलोमा भेटिने जनप्रतिनिधिको अराजक र उदण्ड व्यवहारले जनप्रतिनिधिप्रति नागरिकको वितृष्णा बढ्नसक्छ, त्यसले जन्माउने वितृष्णाको असर व्यवस्थाप्रति नै पर्नसक्छ । संघीय सरकारले जनप्रतिनिधि–कर्मचारी सम्बन्धलाई सुमधुर बनाउन पहलकदमी लिन आवश्यक छ । कानुन हातमा लिने जनप्रतिनिधि हुन कि कर्मचारी, जो भए पनि कारबाहीको दायरामा ल्याउन सक्दा अराजकता न्यूनीकरण गर्न सकिन्छ । त्यसो गर्न सक्दा मुलुक लयमा अघि बढ्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij