२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ज्यानमारा डोजर

ज्यानमारा डोजर

ज्यानमारा डोजर

ज्यानमारा डोजर

ज्यानमारा डोजर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • विकास निर्माणका क्रममा डोजर प्रयोगमा खेलाँची गर्दा इस्मामा एक बालिकाको ज्यान गएको छ । आइतबार स्कुल हिंडेकी इस्मा गाउँपालिका–२ की ८ वर्षीया विष्णु कुमालले ज्यान गुमाइन् । बाटो खन्दा ख्याल नगर्दा डोजरले फालेको ढुङ्गा लागेर बालिकाको ज्यान गएपछि कानुनी कारबाही र खेलाँची रोक्न पहलकदमी लिनुपर्नेमा परिवारलाई पैसा दिएर मिलापत्र गराउनु निन्दनीय छ । 


    डोजरे विकासले गाउँघरमा कलिला बालबालिकाको ज्यान गइरहेको विषयमा सरकारी निकाय र समाज संवेदनहिन हुनु दुःखद हो । अझ मनपरी गरेर ज्यान लिने र पैसामा मिलापत्र गर्ने प्रवृत्तिलाई राज्यका निकायले प्रोत्साहित गर्ने कुरा कानुनी राज्यको उपहास हो । गरिबीका सामु कानुन कमजोर गराउने प्रवृत्तिले राज्य, व्यवस्था र विधिप्रति आम नागरिकको अपनत्व हुँदैन । कानुन कसैलाई लाग्ने र कसैलाई नलाग्ने हुने कुराले नागरिकमा असन्तुष्टि बढ्दै जानु अस्वाभाविक हुँदैन् । राज्य, सरकार र कानुन गरिब र सीमान्तकृत समुदायका लागि पनि समान हुनुपर्छ । उनीहरुले पनि न्याय पाउनुपर्छ । गरिबीका सामु कानुन बन्द गरेर पैसामा मिलापत्र गराउने विषय आधुनिक नेपाली समाजका लागि अपाच्य विषय हो ।


    गत वर्ष मुसिकोट–२ का गगन रायमाझीले पनि डोजरले फालेको ढुङ्गा लागेर ज्यान गुमाएका थिए । विकास भनेको डोजर गाउँ छिर्नु र मनपरी खन्नु मात्रै होइन । मनपरी खनेर पहिरो निम्तिएको छ नै । विद्यालय हिंडेका र विद्यालयबाट घर फर्किर्दै गरेका बालबालिका डोजरे विकासको निशानामा पर्दा के हेरेर बसेका छन्, स्थानीय सरकार ? प्रहरीले के हेरिरहेको छ ? बाल अधिकारको पक्षमा काम गर्नेहरु के गर्दैछन् ? विद्यार्थी संगठनका नेताहरु दलका नेताको ढोका चहार्दैमा उनीहरु ओत लाग्ने भ्रममा छन् ।


    बालबालिकाको जीवनको मूल्यलाई पैसामा रूपान्तरण गरेर कानुनको धज्जी उडाइएको छ । सम्बन्धित पक्षलाई  जवाफदेही र जिम्मेवार बनाउन कानुन अनुसार कारबाही गर्न प्रहरी चुकेको छ । डोजरे विकासले गाउँ उराठ हुँदैछन्, पहिरोले बस्तीको उठिबास लागेको  छ । विकासले नागरिकको अनुहारमा खुशीयाली ल्याउनुपर्ने हो । हरेक बर्खामा नागरिकको अनुहारमा आँशु देखिन्छ । गाउँमा विकास पुग्दा विद्यालय हिंडेका बालबालिकाको जीवन असुरक्षित हुन्छ भने अब त्यस्तो विकास आवश्यक पर्दैन ।


     विकासले आँशु ल्याउँदैन । विकासले विनाश गर्दैन । विकासले नागरिकको पीडामा मल्हम लगाउँछ । विकास सुविधा बढाउन हो । नागरिकको घरबास र बालबालिकाको जीवन सक्नका लागि होइन् । राज्य लाचार होइन, गैरजिम्मेवार होइन, नागरिकको जीवनप्रति संवेदनशिल बन्नसक्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij