२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुक्ति माध्यमिकको ७३औं वार्षिकोत्सव

मुक्ति माध्यमिकको ७३औं वार्षिकोत्सव

मुक्ति माध्यमिकको ७३औं वार्षिकोत्सव

मुक्ति माध्यमिकको ७३औं वार्षिकोत्सव

मुक्ति माध्यमिकको ७३औं वार्षिकोत्सव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  •  प्यूठान । प्यूठान जिल्लाकै पुरानो विद्यालय मुक्ति माध्यमिक विद्यालय रातामाटाको ७३औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । प्यूठान नगरपालिका–३ मा रहेको यस विद्यालय २००७ सालपछि मुक्ति सेनाहरुले आफ्नो पारिश्रमिकबाट स्थापना गरेकोे विद्यालय हो ।  

     
    प्यूठान नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि विष्णु योगीले शिक्षकहरुको भूमिका सबैले स्वीकार्य हुनुपर्ने बताए । ‘जिल्लाकै ऐतिहासिक विद्यालय भएकोले यो विद्यालयको आवश्यकतालाई सबैको साझा बनाउनु पर्छ,’ नगर प्रमुख योगीले भने– ‘नगरपालिकाले शैक्षिक गुणस्तरका लागि सक्दो प्रयासहरु गरिरहेकैछ ।’ सामुदायिक विद्यालयहरु समुदायले विश्वास गर्ने खालको बनाउनु पर्ने उनले बताए । 


    ‘विद्यालयभित्र राजनीति गर्नु हुँदैन म प्रष्ट छु,’ प्रमुख योगीले भने– ‘शिक्षकहरुको भूमिका, दायित्व र चरित्र साझा हुनुपर्छ, राजनैतिक गन्ध आउनु हुँदैन ।’ जिल्लाकै ऐतिहासिक पृष्टभूमि बोकेको यस विद्यालयको गरिमा बढाउनका लागि सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको उनले जनाए । नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्र.अ. र वि.व्य.स. अध्यक्षलाई कार्य सम्पादनमा सुधारका लागि सम्झौता गरी काम गरिरहेको उनको भनाइ छ ।  
    वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमका विशेष अतिथि रमा सुवेदी  आचार्यले शैक्षिक सुधारका लागि सबै क्षेत्रको उत्तिकै दायित्व रहने बताइन ।  आफूले अध्ययन गरेको विद्यालय भएकाले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ छ ।   


    देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुनु अत्यन्तै चिन्ताको विषय भएको प्यूठान नगरपलिका वडा नं. ३ का वडाध्यक्ष एवं नगरप्रवक्ता सुमनराज श्रेष्ठले बताए । 


    ‘सामुदायिक विद्यालयमा विद्यार्थीको चासो घट्दै जानुमा समाजका राजनैतिक अथवा प्रतिष्ठित व्यक्तित्वको कार्यशैलीको कारण नै हो,’ अध्यक्ष श्रेष्ठले भने–‘हामीलाई सरकारी जागिर खान मन लाग्छ, तर आफ्ना छोराछोरी नातिनातिनालाई भने बोर्डिङमै पढाउन मनलाग्छ ।’ सरकारी विद्यालयमा बालबालिकालाई पढाउनु पर्छ भनेर चासो र चिन्ता नभएको बताउँदै नियमित विद्यालयका गतिविधि बुझ्नलाई कसैको फुर्सद नहुने, तर वार्षिकोत्सवमा भने ठुल्ठुला कुरा गर्न समेत भ्याउने उनले औंल्याए ।  


    नगरक्षेत्रभित्रका अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिएकोले शिक्षाबाट कोही बालबालिका पनि वञ्चित हुन नपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष सुन्दरा केसीले बताइन । विद्यालयको समग्र क्षेत्रको सुधारका लागि प्यूठान नगरपालिकाबाट निकै महत्वपूर्ण सहयोग पाइरहेको उनको भनाइ छ । 


    वार्षिकोत्सवमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट शिक्षक, विद्यालयलाई जग्गा दान गर्ने दाताहरु, आर्थिक सहयोग गर्ने सहयोग दातालगायतलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । 


    विद्यालयका प्रधानाध्यापक दामोदर विष्टले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक दिनेश सुवेदीले गरेका थिए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij