२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल पब्लिक स्कूलले मनायो २२औं वार्षिकोत्सव

बुटवल पब्लिक स्कूलले मनायो २२औं वार्षिकोत्सव

बुटवल पब्लिक स्कूलले मनायो २२औं वार्षिकोत्सव

बुटवल पब्लिक स्कूलले मनायो २२औं वार्षिकोत्सव

बुटवल पब्लिक स्कूलले मनायो २२औं वार्षिकोत्सव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • तिलोत्तमा ।  तिलोत्तमा–३ स्थित बुटवल पब्लिक स्कूलले २२औं वार्षिकोत्सव मनाएको छ । २२औं वार्षिकोत्सवको अवसरमा तिलोत्तमा ११ बेलडाँडामा १५ करोड लागतमा स्कूलले निर्माण गरेको रिसर्च एण्ड स्पोर्टस् सेन्टर (स्टेडियम)को उद्घाटन गरिएको छ ।

    फुटबल र क्रिकेट मैदान, स्वीमिङ पुल र टनेलसहितको उक्त स्टेडियम २ बिघा जग्गामा बनेको छ । स्टेडियम र वार्षिकोत्सव उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले बुटवल पब्लिक स्कूलले यस क्षेत्रमै पहिलोपटक करोडौं लगानीमा आफ्नै सुविधासम्पन्न खेल मैदान निर्माण गरेर नमूना उदाहरण पेश गरेको बताए । विभिन्न चुनौती सामना गरेर विद्यालयले उत्कृष्ट नतिजासहित खेल क्षेत्रमा समेत सिर्जनशील र ठूलो योगदान गर्ने गरी स्टेडियम बनाएको बताए ।


    उनले निजी विद्यालयले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान दिएको भन्दै संस्थागत विद्यालयको लगानीको सुरक्षा नगरपालिकाले गर्ने बताए । उनले तिलोत्तमामा शैक्षिक संस्थामा तालाबन्दी जस्ता आन्दोलन निषेध गरिएको भन्दै कसैले तालाबन्दी गरे नगरपालिकाले ताला खोल्ने बताए ।


    कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसाल र सह–प्राचार्य रामचन्द्र पौडेलले शिक्षामा आधुनिक प्रयोग गर्दै डिजिटल, अनुसन्धानमूलक, व्यावहारिक, विद्यार्थी केन्द्रित  र झोला रहित (ब्यमगलेस) शिक्षण सिकाइलाई अवलम्बन गरेको बताए । 


    सो अवसरमा तिलोत्तमा ११ का वडाध्यक्ष विष्णु बराल, रुपन्देहीका पूर्व जिशिअ टेकबहादुर थापा, अभिभावक संघका हेम थापा, विद्यार्थीहरु सुवोध ज्ञवाली र श्रीषा न्यौपानले बुटवल पब्लिक स्कूल गुणस्तरीय शिक्षा र आफ्नै खेल मैदानका कारण विद्यार्थी र अभिभावकको रोजाइमा परेको बताए । सो अवसरमा शिक्षा क्षेत्रको विकासमा पत्रकारितामार्फत् योगदान पु¥याएवापत दैनिक लुम्बिनीका सह–सम्पादक टिआर शर्मासहित पत्रकार सन्जु पौडेल र कपिल ज्ञवालीलाई सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै सामाजिक क्षेत्रमा योगदान गरेवापत सिद्धार्थ बाल गृह, देवदहकी कल्याणी पौडेल र इञ्जिनियर सन्तोष आचार्यलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा करिब १२ सय विद्यार्थी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij